ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार आजबाट सुरु

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् । दुई बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन ।

यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएसँगै यी बैंकले एकिकृत कारोबार सुरु गरेका हुन । मर्जर पश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने जानकारी बैंकहरूले दिएका छन् ।

बैंक अफ काठमाण्डूले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाटै पारित गरिसकेको छ ।

बैंकले चुक्तापूँजी रू। १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । त्यस्तै ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत सोही दिनको वार्षिक साधारण सभामार्फत पारित गरेको छ ।

यस वर्ष ग्लोबल आइएमई बैंकले चुक्तापूँजी रू। २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजारको आधारमा कुल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

मर्जरपछि बैंकको कुल सम्पति ५ खर्ब ५ अर्ब भन्दा बढी, कुल पूँजी ५७ अर्ब भन्दा बढी, कुल निक्षेप रू। ४ खर्ब १२ अर्ब भन्दा बढी र कुल ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ । देशको ७७ जिल्लासँगै विदेशमा समेत गरेर मर्जरपछि ११ सय सेवा केन्द्रबाट बैंकले सेवा प्रदान गर्ने भएसँगै मर्जर पश्चात बनेको ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठुलो बैंक बन्न सफल भएको छ ।

162 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal