रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

२०७९ पुष २४ गते, आईतवार

रुपन्देही । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुँदैछ ।

रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा तारा एयरको विमानले डेमो उडान गर्दैछ । आज ११ बजे त्यहाँ पुग्ने विमानमा गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगाका मेयर खिलध्वज पन्थी, कांग्रेस नेता योगराज कंडेल काठमाण्डौबाट तारा एयरको सो विमानबाट विमानस्थल पुग्नेछन् । गुल्मी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट भने अस्वस्थताका कारणले नजाने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज बिहान १०ः३० मा गुल्मी प्रस्थान गर्नेछ ।

तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् । यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुनेछ ।

डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने भएपनि नियमित उडानका लागि केही समय लाग्नेछ । यो अवसर यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आइतबार नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने जनाएका छन् ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal