रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

रुपन्देही । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान हुँदैछ ।
रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा तारा एयरको विमानले डेमो उडान गर्दैछ । आज ११ बजे त्यहाँ पुग्ने विमानमा गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी, पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगाका मेयर खिलध्वज पन्थी, कांग्रेस नेता योगराज कंडेल काठमाण्डौबाट तारा एयरको सो विमानबाट विमानस्थल पुग्नेछन् । गुल्मी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट भने अस्वस्थताका कारणले नजाने भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज बिहान १०ः३० मा गुल्मी प्रस्थान गर्नेछ ।
तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् । यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुनेछ ।
डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने भएपनि नियमित उडानका लागि केही समय लाग्नेछ । यो अवसर यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आइतबार नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने जनाएका छन् ।
ताजा

शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबार
आजदेखि काठमाडौंमा २५ वटा द्रुत बस सञ्चालनमा, ‘रातो बत्ती’मा पनि नरोकिने
२०८० आश्विन ३ गते, बुधबार
हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !
२०८० आश्विन २ गते, मंगलवार
३४ पृष्ठको राहदानीका लागि आवेदन लिन सुरू
२०८० आश्विन २ गते, मंगलवारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार