तत्काल सरकारमा नजाने नेकपा एसको निष्कर्ष
काठमाडौं । नेकपा एकीकृत समावजवादी पार्टी सरकारमा नजाने भएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको पोलिटब्यूरो बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकालेको हो।
बैठकमा सहभागी एक नेताले नेपालप्रेससँग भने, ‘सरकारमा तत्काल नजाने बैठकले निष्कर्ष निकालेको छ। अब विश्वासको मत २५ गते सत्ता गठबन्धनले ल्याउने नीति तथा कार्यक्रममा निर्भर रहन्छ।’
नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ गते विश्वासको मत लिदैछन्। तर, प्रचण्डसँग लामो समयसम्म सहकार्य गरेको भएकाले कतिपय नेताहरुले विश्वासको मत दिनुपर्ने सुझाव दिएका छन्।
‘अब हामी सरकारले ल्याउने कार्ययोजना हेछौँ। त्यो हाम्रो पार्टीको पक्षमा छ। हामीले स्वीकार्ने पक्षमा छ भने विश्वाससको मत दिन्छौँ’ ती नेताले भने, ‘दक्षिणपन्थी खालको छ वामपन्थीले समर्थन गर्न मिल्ने खालेको छैन भने समर्थन हुँदैन।’
स्थायी कमिटीदेखि अहिले पनि अधिकांश नेताहरुको सुझावमा नीति तथा कार्यक्रमको आधारमा समर्थन वा विरोध गर्ने भनिएको ती नेताले बताए।
अहिलेको बैठक सरकारमा आउने प्रस्ताव आएमा के गर्ने भन्नेर धारण बनाउनका लागि बोलाइएको उनको भनाइ छ।
‘पार्टीको अध्यक्ष र सम्मानित नेताहरुसहित बैठकको निष्कर्ष हो। सबैको सुझावका आधारमा अहिले सरकारमा बोलाउनासाथ नजाऔं’ उनले भने, ‘हामी समाजवादी पार्टी हौं समाजवादी उन्मुख कार्यक्रम भएमात्रै समर्थन गर्न सक्छौँ।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





