दाजुले एक थ,प्पड हा,नेपछि बहिनीले केटा साथीसँग मिलेर ज,लाइन् आफ्नै दाजुको अटो,

२०७९ आश्विन २ गते, आईतवार

दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आ,गो लगाएकी छन्।

घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आ,गो बलगाएको थियो।

उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखिएको ठाउँमा ज,लाइएको थियो। खत्री स्वंयले सुरूमा ब्याट्रीबाट करेन्ट प्रवाह भई एकाएक आगो लागेको हुन सक्ने प्रहरीलाई बताएका थिए।

प्रहरीले पनि त्यही नै सोचेको थियो। तर, आसपासमा केही प्लाष्टिकका टुक्राहरू देखिएको थियो।

त्यसपछि प्रहरीले शं,का गरी अनुसन्धान अगाडि बढाएको दाङका प्रहरी प्रमुख एसपि बिरबहादुर वलिले बताए ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमका अनुसार अनुसन्धान गरेको थियो।

अनुसन्धानको क्रममा खत्रीकी आफ्नै बहिनी बागलुङ घर भई झन्डै एक महिनादेखि घोराही उपमहानगरपालिका-१५ मा बस्दै आएकी २९ वर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका-१७ घर भई कमलासँगै बस्दै आएका २३ वर्षीय मिलन पौडेलले मिलेर आ,गो लगाएको तथ्य खुलेको छ।

कमला र मिलन भदौ ८ गते मात्रै काठमाडौंबाट घोराही आएका थिए। डिएसपी गौतमका अनुसार पौडेलले कमलालाई अरू मान्छे अगाडि बोलाउँदा दिदी नाताले बोलाउने गरेतापनि उनीहरूबीच अरू सम्बन्ध रहेको तथ्य स्पष्ट भइसकेको छ।

‘पौडेलले मैले कमला दिदीबाट पैसा लिन पर्ने हुँदा लिन भनेर आएको हुँ भन्ने गरेको भएपनि उनीहरू यो बीचमा रातदिनसँगै कोठामा बसेको पाइएको छ’ गौतमले भने, त्यही कारण दाजुले बहिनीलाई गाली गर्दै आएका थिए।’

अघिल्लो दिन मात्रै दाजुले बहिनी कमला र मिलनलाई सार्वजनिक रूपमै गा,ली गरेका थिए। साथै बहिनीलाई आफ्नो चरित्रको ख्याल गरेर बस्नुपर्छ भन्दै थप्पड समेत हानेका थिए।

त्यसको दोस्रो दिन कमला बि,रामी भएपछि दाजु भाउजूसहित मिलन पनि अस्पतालमा उपचारका लागि पुगेका थिए।

राती अस्पतालमा देखाएर फर्किने क्रममा कमला र मिलनले दाजु भाउजूलाई बच्चाबच्चीसहित कोठामा जान आग्रह गरेका थिए।

त्यसपछि दाजु भाउजू आफ्नो कोठामा फर्किएको प्रहरीले जनाएको छ। पछि-पछि आउँदै गरेका कमलाको मनमा दाजुसँग बदला लिने सोच जागेको र उक्त योजना मिलनलाई समेत सुनाएको डिएसपी गौतमले बताए।

‘दुवै जनाले बाटोमा फेला परेका बोरा र प्लाष्टिक टिपेर अटो पार्किङ भएको ठाउँमा पुगेछन्, उनले भने, त्यहाँ आगो बालेर अटोमा झोसिदिएछन् र कोठामा गएर सुतेछन्।’अनुसन्धानको क्रममा दाजुको अटोमा बहिनीले नै योजनाबद्ध ढंगले आ,गो लागाएको भन्ने सूचना पाएको डिएसपी गौतमले बताए।

त्यसपछि उनीहरूलाई प,क्राउ गरी सोधपुछ गर्दा घ,टना स्वीकार गरेको पनि प्रहरीले जनाएको छ। डिएसपी गौतमका अनुसार कमला र मिलनको भेट काठमाडौंमै भएको खुल्न आएको छ। घ,टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

215 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal