माओवादी विभाजनमै रम्ने किन जन यु,द्धका सपना पुरा गर्न जुट्ने ?
१२ वर्षे जनयुद्धकालमा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच केही वैचारिक मतभेद पैदा हुँदा पार्टी फुटको संघारमा पुगेको थियो ।
एकातिर जनमुक्तिसेनाको भिषण फौँजी प्रत्याक्रमणले तत्कालीन शाहीसत्तालाई तिब्र रुपमा ध्वस्त पार्दै गएको थियो । भने अर्कोतिर नेतृत्वमा पैदा भएको विवादले पार्टी फुट्ने त हैन ?
भन्ने प्रश्न आन्तरिक रुपमा खडा भएको थियो । हाम्रा रगत पसिना र बलिदानको यो यात्रा यत्तिकैमा टुङ्गिने त हैन ? भन्ने पीर र चिन्ताले लाखौँ माओबादी नेता कार्यकर्ता र समर्थकहरु उदास बनेका थिए त्यो समयमा समेत ।
ऐतिहासिक रुकुमको चुन्वाङ् बैठकमा नेताहरुले गम्भिर आत्मसमिक्षा गरे । यही बैठकमा जनसांस्कृतिक समूहका कलाकारहरुले पार्टी फूट र वैचाारिक विचलन प्रतिको गीत प्रस्तुत गर्दा सबै नेताहरु धरधरी रोएका थिए ।
यही अजर र अमर गीत गाएर नेता कार्यकर्ता सबैलाई धरीधरी रुवाए । नेताहरुलाई अनुभुति भयो साँच्चै हामी पत्थरमा सुन्दर फुल फुलाउँने मान्छेहरु हौँ, हामी आँधी बनेर विश्व चिह्याउँने मान्छेहरु हौँ अनि हामी प्रिय जनताका ढुकढुकी बनिरहने मान्छे हौँ ।
टुटफुट र खण्डितका कुरा नगरौँ … समय बदलियो शान्तिप्रक्रिया पछी फेरी पार्टी चिराचिरा बन्यो । यो बिडम्बनाको समयहरुमा माओबादी आन्दोलन दयनिय स्थितिमा गु,ज्रँदै आयो ।
जसको परिणामस्वरुप माओवादी शक्तिहरु आपसमा मिल्न नसक्दा जनयुद्धको भावना र राजनीतिक वैचारिक उद्देश्य अझैसम्म पुरा हुना सकेको छैन । जसको परिणाम स्वरुप २०६४ सालको पहिलो संविधानसभाबाट माओवादीको बहुमत हुदाँ हुदै पनि संविधान र शान्ति की विद्रोहको बाटो रोज्ने भन्ने रणनीतिकै कारण असफल भयो ।
फेरी २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा जनयुद्ध लडेका माओवादी नेताहरु तितरवितर भए माओवादी पार्टी तेस्रो भयो ।
जसका कारण माओवादीको एजेष्डा मोताविक संविधान निर्माण नभई सम्झौताको दस्तावेजको रुपमा २०७२ साल असोज ३ गते संविधान जारी भयो । माओवदी शक्तिहरुलाई एकढिक्का बन्न जति सुझाईरहेपनि एक हुन सकेन ।
प्रचण्ड अन्य दलको आश्रयमा पुग्दा पुग्दा दिक्क भए । २०७४ सालको संघीय निर्वाचनमा नेकपा एमालेसंग संयुक्त घोषणा पत्र मार्फत निर्वाचनमा गई नेकपा समेत समेत निर्माण भयो ।
तर त्यो एकता एक वर्षसम्म पनि टिक्न सकेन । नेकपा अध्यक्ष तथा प्रधाानमन्त्री केपी शर्मा ओलीले संसद दुई दुई पटक विघटन गरे ।
माओवादीका साथै आफ्नौ सहपाटी माधवकुमार नेपाल लगायतका नेतालाई ओलीले देख्न समेत चाहेन्न । जसको परिणाम सर्वोच्च अदालतले नेकपालाई पुर्व पार्टीको हैसियतमा माओवादी र एमालेका रुपमा विभानको कितामा पु–यो भने ।
एमाले समेत विभााजन भयो । ओलीले संसद विघटन गरेसँगै माओवादी, नेपाल? कांग्रेस, संघीय समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन जारी छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा समेत यी दलहरुबीच सहकार्य भयो । आगामी निर्वाचनमा समेत हुने निश्चित भएको छ ।
यता माओवादी शक्तिहरु शक्तिशाली हुदाँहुदै एक हुन नसकेको कारण सबै माओवादी विचारधाराका पार्टी अति कम्जोर बन्दै गएको सत्य हो ।
पछिल्ला समयमा भने जनयुद्धमा प्रचण्डका सारथी डा.बाबुराम भट्टराई माओवादीको चुनाव चिन्हामा निर्वाचन लड्ने घोषणा संगै मओवादीहरुमा केही शक्ति आजन भएको अनुभूति गरेका छन् ।
मुलुकलाई सहि दिशामा निदेश गर्ने हो भने माओवादीहरु फुटेर होइन फेर्री एक पटक जुटेर एकठाउँमा आउँने आधार तयार गर्ने पर्छ । सबै माओबादी शक्तिहरुलाई पनि एकतामा बाँधिएर जनयुद्धका उपलव्धी रक्षा गर्ने पर्ने समय आएको छ ।-यमन पौड्याल
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





