मोरङ ३ मा रेखाको इन्ट्री, सुकुम्बासी स,मस्या हल गर्ने प्रतिबद्धता

२०७९ भाद्र २९ गते, बुधबार

हातमा खैरो डायरी, एउटा डटपेन, ओठमा मन्द मुस्कान अनि केही गर्छु भन्ने दृढ संकल्प। मनमा आत्मविश्वास र इच्छाशक्ति अनि हजारौं जनताहरुमा आशा जगाउने एउटा प्रयास।

पछिल्लो हप्ता दिनयता मोरङको क्षेत्र नं. ३ मा देखिने गरेको यो दृश्य चुनावी मैदानमा होमिएकी नायिका तथा राप्रपा नेतृ रेखा थापाको हो।

आगामी मङ्गसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको तर्फबाट उम्मेद्वार सिफारिस भएकी थापा अहिले आत्मजागरण अभियानमा छिन्। पछिल्लो ५ वर्षको कार्यमुल्याङ्कन र जनतालाई ऐना देखाउने प्रयास उनीले गरिरहेकी छन्।

जितेर गएकाले फेरि फर्किएर नहेरेपछि रेखाप्रति जनताको सहानुभूति पनि बढ्दो छ। निर्वाचित जनप्रतिनिधिका प्रतिबद्धता र घोषणा-पत्र कागजी खोष्टामात्र सावित भएको स्वयं स्थानीय बताउँछन्।

३० वर्ष भयो पार्टीलाई भोट हालेको। हालसम्म केही परिवर्तन भएको छैन, बेलबारी-४ सखुवाटोलीकी हिमा पौडेल भन्छिन्, भोट माग्दाचाहिँ सबै सुकुम्बासीलाई ठाउँ दिन्छु भन्छन्। तर, चुनाव जितेर गएपछि बिर्सन्छन्।’

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भानुभक्त ढकाल र नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्माबीच कडा चुनावी प्रतिस्पर्धा भएको थियो।

चुनावमा शर्मा ढकालसँग झिनो मतान्तरले पराजित भएका थिए। भानुभक्तले सुकुम्बासी समस्या हल गर्ने भन्दै ०७४ को चुनावमा जित हासिल गरेका थिए। तर, चुनाव जितेर अर्को चुनाव लड्ने बेला भइसक्दा पनि सुकुम्बासी समस्या हल भएको छैन। अवस्था ज्युँको त्युँ छ।    

‘त्यतिबेला सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता प्रमुख थियो। त्यसबाहेक बाटोघाटोको सहज पहुँच, मलको पर्याप्त व्यवस्था लगायतका मुद्दाहरु पनि अघि सारिएका थिए, स्थानीय इन्दिरा श्रेष्ठले भनिन्, ‘चुनावका बेला सपना खुब देखाइए। तर, पूरा भने एउटै भएन।’

हालः ०७९ सम्म आइपुग्दा भानुभक्त ढकाल र सुनिल शर्मासँग प्रतिस्पर्धा गर्न राप्रपाबाट उम्मेद्वारमा सिफारिस भएर थापा चुनावी मैदानमा उत्रिएकी छन्। सेवाका निम्त्ति अवसर माग गर्दै उनी अहिले जनताको घरदैलोमा पुगिरहेकी छन्।

चुल्होमा सीमित भएका महिलालाई बाहिर निकाल्ने र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने उनको प्रमुख एजेण्डा छ। मोरङको बेलबारीमा चलिरहेको आत्मजागरण अभियानमा जनतासमक्ष पनि उनीले यही प्रतिबद्धता व्यक्त गरेकी छन्।

‘जितेर गएपछि सुकुम्बासी समस्या एक्लैले हल गर्दिन्छु भनेर झुठो प्रतिबद्धता व्यक्त गर्दिन। यसमा तपाईँहरुको पनि साथ चाहिन्छ, थापाले भनिन्, ‘तपाईँहरुको समस्या समाधानका निम्ति सक्दो पहल गर्छु।

आवश्यक परे प्रत्येक घरबाट एकजनालाई सिंहदरबार अगाडि उभ्याएर घेराबन्दी गर्न लगाउँछु।’

जनताको मत दुरुपयोग गर्ने, भोटको व्यापार गर्ने र जनतालाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्नेहरुलाई मतदान गर्न नहुने थापाले बताइन्। भ्रष्टहरुलाई भबिष्य सुम्पिएर मत खेर नफाल्न उनीले आग्रह गरिन्।

‘रिल लाइफमा तपाईँहरुको समस्या उठाएको छु’ उनीले भनिन्, अब ती समस्यालाई समाधान गर्नुपर्नेछ। अवसर तपाईँहरुले दिनुहुनेछ भन्ने अपेक्षा छ।’

206 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal