मिस धरान २०२२ को अडिसन शुरु

२०७९ असार २० गते, सोमबार

धरान । धरानमा बसोबास गर्ने युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको “मिस धरान २०२२ “ को पहिलो अडिसन धरानको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ।
कम्तीमा एसईई उतिर्ण युवतीहरु बिच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तह देखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो। आवेदन निःशुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो। उनीहरुको बोल्ने शैली , आइक्यु लगायतका सामान्य सवालजवाफबाट अडिसनबाट छानिनेछन् ।

फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता “मिस धरान २०२२ “ को पहिलो अडिसनका निर्णायकहरु मिस पुर्वान्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फर्स्ट रनर अप इक्सा मादेन , मिस तामांग २०१९ प्रदेश १ कि बिजेता तथा कोरियोग्राफर प्रोजिता तामांग , मिस टुरिज्म २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ्ग तिगेला रहेका थिए ।
बुधबार दोस्रो अडिसन गरेर “मिस धरान २०२२ “ को ट्रेनिग सुरु गरिने आयोजकले जनाएको छ। अडिसनबाट छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ।साउन दोस्रो साता हुने फिनाले बाट मिस धरान २०२२ बिजेता , फर्स्ट रनर अप , सेकेन्ड रनर अपसंगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका बिभिन्न सब –टाइटलको उपाधि घोषणा गरिनेछ ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal