विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
काठमाडौं । चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो । विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् ।
गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्म भूठान उर्फ द वल्र्डस् ह्यापियाष्ट म्यानमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास र जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस, पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव देख्न सकिन्छ ।
यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् । हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् । अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ । चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
ताजा
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा
२०८२ माघ १३ गते, मंगलवार
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
२०८२ माघ १३ गते, मंगलवार
‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने
२०८२ माघ १३ गते, मंगलवार
अभिनेता विजय बराल अब नयाँ भूमिका
२०८२ माघ १३ गते, मंगलवार
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक
२०८२ माघ १३ गते, मंगलवार
नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन
२०८२ माघ १३ गते, मंगलवार
अब कुनै पनि हालतमा अन्य दलसँग विलय हुँदैनौँः कुलमान घिसिङ
२०८२ माघ १३ गते, मंगलवार
भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८२ माघ १३ गते, मंगलवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





