‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार


काठमाडौं ।
 चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् । म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।

‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने फर्स्ट सिनेमा हुनेछ । निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा हुने बताएको छ । “हामीले डल्बी एट्मसका लागि स्टुडियोसँग सम्झौता गरिसकेका छौँ,” पाँच पाण्डवका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, “हामी हाम्रा दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रुपमा पनि अब्बल सिनेमा दिने छौँ ।”

यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको उनले जानकारी दिए । सम्झौता गर्दा ‘पाँच पाण्डव’का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिथि रहेको थियो । साउन्डमा कम्प्रमाइज नगरेजस्तै अन्य कुनै पनि कुरामा आफूले चलचित्र निर्माणमा कम्प्रमाइज नगर्ने नवीन बताउँछन् । चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त भइसकेको छ । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले)लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र रजनी गुरुङ रहने छन् । काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’का लेखक समेत हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । केही महिनाभित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

29 Views

ताजा

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार

अभिनेता विजय बराल अब नयाँ भूमिका

२०८२ माघ १३ गते, मंगलवार

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

२०८२ माघ १३ गते, मंगलवार

नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

अब कुनै पनि हालतमा अन्य दलसँग विलय हुँदैनौँः कुलमान घिसिङ

२०८२ माघ १३ गते, मंगलवार

भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal