अभिनेता विजय बराल अब नयाँ भूमिका
काठमाडौं । रंगमञ्च र चलचित्रको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा देखिएका छन् । चलचित्रमार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका विजयले ‘विधिको शासन’ बोलको गीत मार्फत गायनमा डेब्यु गरेका हुन् ।
उनको यो डेब्यु केवल मनोरञ्जनका लागि मात्र नभई वर्तमान राजनीतिक व्यवस्था र विसंगति विरुद्धको एउटा बलियो ‘ध्वनि’ का रूपमा आएको छ । शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको यस गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ । विशेषगरी, भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ ।
देश विकास र समृद्धिका लागि व्यक्ति विशेषको सनक र मनमौजी शैलीभन्दा पनि पद्धति र विधिको शासन अनिवार्य हुने सन्देश गीतले दिएको छ । २०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ । आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, “मैले गाएको यो पहिलो गीत हो । वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो । साथीहरूको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ ।”
उनले अगाडि थपे, “यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन । यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा सटायर (व्यङ्ग्य) र खबरदारी हो । देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो ।” गीतको अडियो जत्तिकै यसको भिडियो पनि शक्तिशाली बनाइएको छ । मनिष राउतको कन्सेप्टमा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ ।
२०४० सालका आन्दोलनकारीदेखि २०६२/६३ को दोस्रो जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा प्रहरीको दमन र युवाहरूको आक्रोशलाई भिडियोमा दुरुस्त उतारिएको छ । यसले गीतलाई एउटा सांगीतिक सिर्जना मात्र नभएर ऐतिहासिक ‘डकुमेन्ट्री’ जस्तो ओजनदार बनाएको छ ।नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरू सामाजिक र राजनीतिक मुद्दामा खुलेर लाग्ने क्रम बढ्दो छ । विजय बरालको यो कदमले पनि कलाकारहरू केवल पर्दाका पात्र मात्र नभई समाजका सचेत नागरिक पनि हुन् भन्ने पुष्टि गरेको छ । ‘विधिको शासन’ ले सुशासन र विकासको पर्खाइमा रहेका आम नेपालीको आवाजलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ ।
भदौ २४ को आन्दोलनमा घाइते भएका र सहादत प्राप्त गरेका व्यक्तिहरूको सम्मान र बाँकी रहेका मागहरू सम्बोधन हुनुपर्ने कुरामा गीतले जोड दिएको छ । अभिनेता बरालको कामको कुरा गर्दा उनी हालै ब्लकबस्टर निर्देशक सरोज पौडेलको चलचित्र ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन् । यसमा विजयको जोडीमा अभिनेत्री अञ्जना बराइली फाइनल भएकी छन् । यी दुवै कलाकारको निर्देशक पौडेलसँग यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
ताजा
भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा
२०८२ माघ १३ गते, मंगलवार
भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा
२०८२ माघ १३ गते, मंगलवार
विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’
२०८२ माघ १३ गते, मंगलवार
‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने
२०८२ माघ १३ गते, मंगलवार
अभिनेता विजय बराल अब नयाँ भूमिका
२०८२ माघ १३ गते, मंगलवार
चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक
२०८२ माघ १३ गते, मंगलवार
नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी
२०८२ माघ १३ गते, मंगलवार
बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन
२०८२ माघ १३ गते, मंगलवार
अब कुनै पनि हालतमा अन्य दलसँग विलय हुँदैनौँः कुलमान घिसिङ
२०८२ माघ १३ गते, मंगलवार
भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८२ माघ १३ गते, मंगलवार
कांग्रेसका महामन्त्रीमार्फत् ७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई पत्र
२०८२ माघ १३ गते, मंगलवारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





