चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

२०८२ माघ १३ गते, मंगलवार

काठमाडौं । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । भिडियोमा यी दुईको केमेस्ट्री निकै सुहाउँदो देखिएको छ । प्रेम र यात्राको कथा भनिएको यस गीतमा दुई पात्रको आत्मियता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

देवेन्द्र बब्लुको शब्द, रचना र स्वर रहेको यस गीतमा दीपक शर्मा र एचबीएन किस्मतको सुमधुर संगीत  छ । भिडियोको सुरुवातमा सिनेमाका मुख्य पात्र (देबेन्द्र बब्लु) ले आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै गर्दा उनी कुनै विगतको सफलता वा प्रेमको यादमा हराइरहेको देखिन्छन् । भिडियो अगाडि बढ्दै जाँदा देबेन्द्र र रोशनी कार्की बीचको प्रेममय यात्रा सुरु हुन्छ । सुरुवातमा देखिएको त्यो ‘नोस्टाल्जिया’ र अन्त्यमा देखाइएको भावुक विछोड वा पीडाले दर्शकलाई सोच्न बाध्य बनाउँछ, के यी सबै पुराना सम्झनाहरू मात्र हुन् ? अभिनेत्री रोशनीको भक्कानिएर रोएको दृश्य र देबेन्द्रको मौनताले भिडियोलाई निकै शक्तिशाली बनाएको छ ।

भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका क्षेत्रहरूलाई निकै सुन्दर ढंगले खिचिएको छ । सडक यात्रा, हिउँले ढाकिएका पहाडहरू र स्थानीय गाउँले बस्तीहरूले भिडियोलाई एउटा ‘ट्राभल ब्लग’ जस्तै जीवन्त बनाएको छ । ड्रोन सटहरूको प्रयोगले नेपालको हिमाली भेगको विशालतालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ ।

गायक देबेन्द्र बब्लु आफ्नो गायकीका लागि त परिचित छन् नै, तर यो भिडियोमा उनको अभिनय पनि निकै परिपक्व देखिएको छ । अभिनेत्री रोशनी कार्कीसँगको उनको जोडी निकै स्वभाविक देखिन्छ । भिडियोमा उनीहरूको सम्बन्धमा एउटा आधुनिक र रोमान्टिक स्पर्श दिएको छ । उनीहरूले साना-साना पलहरूमा देखाएको खुसी र अन्त्यको रुवाबासीले दर्शकको मन छुन्छ ।

‘बुकी’ को यो पहिलो गीतले चलचित्र एउटा गम्भीर र भावनात्मक प्रेमकथामा आधारित छ भन्ने स्पष्ट पारेको छ । ‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

चलचित्रको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ । लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को-प्रोडुसरका रूपमा रहेका छन् ।

चलचित्रमा आशुका अर्याल एशोसिएट डिरेक्टर, आचार्य गोपाल चिफ असिस्टेन्ट डिरेक्टर, सहायक निर्देशकमा टाइग्रिस, निशा दाहाल र उज्वल अधिकारी छन् । विकास गन्दर्भको डिओपी रहेको चलचित्रलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । श्याम मल्लको श्रृंगार र थम्मन थापाको प्रोडक्सन हेडिङ रहेको यस चलचित्रको पब्लिसिटी डिजाइन राकेश दाहालले गरेका छन् । हालसम्म प्रदर्शनको आधिकारिक मिति तय नगरिए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्रलाई देशभरका हलमा रिलिज गर्ने लक्ष्य लिएको छ ।

10 Views

ताजा

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार

अभिनेता विजय बराल अब नयाँ भूमिका

२०८२ माघ १३ गते, मंगलवार

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

२०८२ माघ १३ गते, मंगलवार

नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

अब कुनै पनि हालतमा अन्य दलसँग विलय हुँदैनौँः कुलमान घिसिङ

२०८२ माघ १३ गते, मंगलवार

भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना

२०८२ माघ १३ गते, मंगलवार

कांग्रेसका महामन्त्रीमार्फत् ७७ जिल्लाका सभापति र क्षेत्रीय कार्यसमितिलाई पत्र

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal