आजदेखि कांग्रेसको विशेष महाधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँ हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ बजे विशेष महाधिवेशनको उद्घाटन हुने बताइएको छ । भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ ।
महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन भएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए ।
मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
ताजा
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबार
निर्वाचन आयोगले विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष
२०८२ पुष २८ गते, सोमबार
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैनः गगन थापा
२०८२ पुष २८ गते, सोमबार
आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र
२०८२ पुष २८ गते, सोमबार
इक्यानको सचिवको उम्मेदवार कार्कीका यस्ता छन् एजेण्डा
२०८२ पुष २८ गते, सोमबार
विध्यसागर इङलिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
२०८२ पुष २८ गते, सोमबार
आजदेखि कांग्रेसको विशेष महाधिवेशन
२०८२ पुष २७ गते, आईतवार
इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल
२०८२ पुष २७ गते, आईतवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





