नेककी प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२०८१ मंसिर २१ गते, शुक्रबार

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गर्नुभएको छ । प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गर्नुभएको हो ।

गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो जुन नेपालमा पहिलो पटक सर्लाहीको गुलरिया नगरपालिकामा प्राध्यापक त्रिपाठीको नेतृत्वमा २०२४ मा ‘ब्राउन गोल्ड प्रोजेक्ट तर्फ’ अन्तर्गत परीक्षण गरिएको थियो । सरसफाई कर्मचारीहरूको स्वास्थ्य र सुरक्षामा सुधार गर्ने र खाली गरिएको फोहोरलाई प्रशोधन केन्द्रहरूमा पठाउने कार्य उक्त प्रोजेक्टको उद्देश्य छ ।

‘२०२०–०२१ मा हामीले गुलरियामा गरेको अध्ययनमा प्रशोधन प्लान्टको लागि ८ प्रतिशत मात्र फोहोर पठाइएको फेला पार्यौं, जबकि ९२ प्रतिशत फोहर त्यहाँका जनताहरुले खाली स्थानमा राख्ने अथवा निजी क्षेत्रका फोहर व्यवस्थापनलाई दिने गरेका थिए । यतिमात्र हैन प्रायः फोहोर नजिकै गाड्ने समेत पाएका थियौं ।’ प्राध्यापक त्रिपाठीले भन्नुभयो । उहाँका अनुसार फोहर व्यवस्थापनमा त्यस्ता अभ्यासहरूले वातावरणीय प्रदूषण र जमिनमुनीको पानीलाई प्रदूषण गराउने खोजहरूले प्रमाणित गरिसकेको छ ।

नेपालमा, लगभग ८५ प्रतिशत जनसंख्याले अनसाइट सरसफाइ प्रणालीको अध्यास गर्ने र गुल्पर प्रविधिले सरसफाई क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ । यस परियोजनाले समाजमा स्वच्छ वातावरण सिर्जना गर्ने, स्रोतको पुर्नप्रयोग बढाउने र सरसफाई कर्मचारीहरूको स्वास्थ्यको सुरक्षा गर्ने अपेक्षा गरिएको छ ।

परियोजना टोलीमा प्राध्यापक जेम्स एब्डन, ब्राइटन विश्वविद्यालय बेलायतका सह–प्राध्यापक डियोगो डा सिल्भा साथै नेपाल इन्जिनियरिङ कलेजका प्रा।डा। अरुण सत्याल र सहायक प्राध्यापक प्रकाश बस्याल संलग्न हुनुहुन्छ । आयोजना सन् २०२४ को डिसेम्बरदेखि २०२५ जुनसम्म सञ्चालन हुने बताइएको छ ।

23 Views

ताजा

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’

२०८२ बैशाख १० गते, बुधबार

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने

२०८२ बैशाख १० गते, बुधबार

सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

२०८२ बैशाख १० गते, बुधबार

“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च

२०८२ बैशाख १० गते, बुधबार

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन

२०८२ बैशाख ७ गते, आईतवार

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी

२०८२ बैशाख ७ गते, आईतवार

सर्‍यो भोलिको शिक्षक आन्दोलन

२०८२ बैशाख ६ गते, शनिबार

सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड

२०८२ बैशाख ६ गते, शनिबार

जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ

२०८२ बैशाख ६ गते, शनिबार

प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते

२०८२ बैशाख ६ गते, शनिबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal