क्रिकेट महाउत्सव एनपीएल आजदेखि, जनकपुर र विराटनगर भिड्दै
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजबाट शुरू हुँदै छ ।
नेपालमा पहिलोपटक हुन लागेको एनपीएलको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य शुभारम्भ हुनेछ । देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको एनपीएलको पहिलो खेल दिउँसो साढे १२ बजेबाट शुरू हुने क्यानले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् ।
उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भीआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।
करोडौं लगानी, विदेशी क्रिकेटरको उपस्थिति, स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिले एनपीएलले व्यापक चर्चा पाएको छ । एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाउँदै छन् ।
हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म १६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध भइसकेका छन् । जसमध्ये भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन चर्चित खेलाडी हुन् ।
विदेशी क्रिकेटरहरूसँगको सम्झौता रकमबारे खासै खुलाइएको छैन। प्रत्येक टिमका ‘मार्की’ खेलाडीले जनही २० लाख रुपयाँ प्राप्त गरेका छन् । यसै गरी अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाखसम्म पाएका छन् । प्रतिभा खोजबाट छानिएका ‘आइकोनिक’ खेलाडीलाई पनि राम्रो रकम दिइएको छ ।
आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





