क्रिकेट महाउत्सव एनपीएल आजदेखि, जनकपुर र विराटनगर भिड्दै

२०८१ मंसिर १५ गते, शनिबार

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आजबाट शुरू हुँदै छ ।

नेपालमा पहिलोपटक हुन लागेको एनपीएलको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य शुभारम्भ हुनेछ । देशभित्र मात्र नभएर विदेशमा समेत धेरैको ध्यान तानिरहेको एनपीएलको पहिलो खेल दिउँसो साढे १२ बजेबाट शुरू हुने क्यानले जनाएको छ । जसमा विराटनगर किङ्स र जनकपुर बोल्ट भिड्नेछन् ।

उद्घाटन खेलका लागि १० हजार टिकट बिक्री भइसकेको छ । क्यानले उद्घाटन खेलका लागि भीआइपीतर्फ ६ सय र साधारणतर्फ नौ हजार दुई सय टिकट बिक्री गरिसकेको छ । प्रतियोगितामा सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै पुस ६ गते पहिलो च्याम्पियनको छिनोफानो हुने छ ।

करोडौं लगानी, विदेशी क्रिकेटरको उपस्थिति, स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिले एनपीएलले व्यापक चर्चा पाएको छ । एनपिएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सगरी आठ टीमले सहभागिता जनाउँदै छन् ।

हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । अहिलेसम्म १६ देशका ४० विदेशी खेलाडी एनपीएलमा आबद्ध भइसकेका छन् । जसमध्ये भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल, जिमी निसम, स्कट कुगलेन, इङ्ग्ल्यान्डका रवि बोपारा, अस्ट्रेलियाका बेन कटिङ, वेस्ट इन्डिजका चाड्विक वाल्टन चर्चित खेलाडी हुन् ।

विदेशी क्रिकेटरहरूसँगको सम्झौता रकमबारे खासै खुलाइएको छैन। प्रत्येक टिमका ‘मार्की’ खेलाडीले जनही २० लाख रुपयाँ प्राप्त गरेका छन् । यसै गरी अन्य घरेलु खेलाडीले अधिकतम १५ लाखदेखि न्यूनतम दुई लाखसम्म पाएका छन् । प्रतिभा खोजबाट छानिएका ‘आइकोनिक’ खेलाडीलाई पनि राम्रो रकम दिइएको छ ।

आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ।

 

 

 

 

 

122 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal