धमाधम विद्यालयका सटरहरुमा ताला लगाउँदै महानगर

२०८१ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं। काठमाडौं महानगरपालिकाले धमाधम काठमाडौं भित्रका विद्यालयहरुको सटरहरुमा ताला लगाउन शुरु गरेको छ । हिजो मात्रै शिक्षा विभागले १३ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका १७५ वटा सटरमा ताला लगाएको छ । यसमध्ये ७ वटामा विभाग पुगेको थियो भने ६ वटामा विद्यालय आफैँले बन्द गराएका थिए ।

यसरी ताला लगाइएका विद्यालयहरुमा जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल), ठमेलका ४६ वटा सटर छन् । यी स्थानमा रेष्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएको महानगरले जनाएको छ ।

यस्तै रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरी १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए ।

यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारमा रहेको सहिद शुक्र माविका २२ वटा, विजय स्मारक मावि डिल्लीबजारका ८ वटा र पदमकन्या मावि डिल्लीबजारका १४ वटा सटर छन् ।

ताला लगाइएका सटरहरुको चावी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकहरुलाई ताला दिइएको दाहालले बताए ।

महानगरपालिकाको अध्य्ययन अनुसार ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएका छन् ।

105 Views

ताजा

फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ फाल्गुन ५ गते, मंगलवार

फेरि पक्राउ परे दुर्गा प्रसाईं

२०८२ फाल्गुन ५ गते, मंगलवार

नेकपाका काठमाडौं–७ का उम्मेदवार पूर्वमन्त्री मानन्धर भन्छन् ‘प्रदेशमा हुँदा जति काम गरें त्योभन्दा बढी गरेर देखाउँछु’

२०८२ फाल्गुन ५ गते, मंगलवार

बैककमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको उत्कृष्ट प्रदर्शन

२०८२ फाल्गुन ५ गते, मंगलवार

दुई पटक निर्वाचन जितेर मन्त्री भएका उप्रेती नै सर्लाही–३ मा एमालेको उम्मेदवार

२०८२ फाल्गुन ४ गते, सोमबार

निर्वाचन आउन १७ दिन बाँकीः आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

२०८२ फाल्गुन ४ गते, सोमबार

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

२०८२ फाल्गुन ४ गते, सोमबार

यस्तो छ जनता समाजवादी पार्टीको प्रतिबद्धता पत्र

२०८२ फाल्गुन ४ गते, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा भव्य स्वागत, र्‍यालीसहित निर्मल निवास लगिँदै

२०८२ फाल्गुन १ गते, शुक्रबार

राणाद्वारा राप्रपा लाेकप्रिय नेता सिलवालकाे पिताकाे निधनमा दुख व्यक्त

२०८२ माघ २८ गते, बुधबार

मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस

२०८२ माघ २८ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal