बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

२०८० चैत्र २० गते, मंगलवार

बुटवल । बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित विधागत पत्रकारिता तालिमको उद्घाटन गरेका छन् ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले पत्रकारले सरकारलाई खरवदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए । “बुटवल उपमहानगरको विकास र समृद्धि नै हामी सबैको चाहाना हो” उनले भने, “हामीले काम गर्दैगर्दा भए गरेका कमजोरी औल्याइदिएर संचार जगतले हामीलाई सहयोग गरोस भन्ने हामी चाहान्छौं ।”

बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजना सहित बुटवल उपमहानगरपालिका अगाडि बढेको उल्लेख गर्दै उनले भने, “बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सिसिटिभी जडान, उज्यालो शहरको रुपमा विकास गर्न, हाईमस्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायत बिभिन्न अवधारणा सहित हामीले काम गरेको छौं ।”

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको मिसन र आचारसंहितामा रही समाचार सम्प्रेषण गर्न अनुरोध गरे । उनले भने, “पत्रकारिता कुनै दल वा नेताको पछि लाग्नु हुँदैन, आफु नजिकैको नेता वा दलका गलत गतिविधिलाईसमेत जनता सामु पुर्याउनुपर्ने दायित्वबाट पत्रकारिता विमुख हुनुहुदैन ।” पत्रकारले गरिब सर्वहारको पक्षमा कलम चलाउनु पर्नेमा कपिपेस्टका कारण पत्रकारिता पेशा नै धरापमा परेकोले यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले पत्रकारिताको मर्म र मर्यादालाई ख्याल गनुपर्नेमा जोड दिए । क्षमता अभिवृद्धि तालिमले पत्रकारको क्षमता विकास गर्दै समाजले पत्याउने पत्रकार उत्पादन गर्नु अहिले आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, प्रदेश अध्यक्ष मानसिंह विक, अग्रज पत्रकार मदनलाल पौडेल लगायतले बोलेका थिए ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित तालिम ७ दिनसम्म संचालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष बिष्णु पोखरेल जानकारी दिए ।

127 Views

ताजा

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

पक्राउ परे युवराज सफल

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार

अभिनेता विजय बराल अब नयाँ भूमिका

२०८२ माघ १३ गते, मंगलवार

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

२०८२ माघ १३ गते, मंगलवार

नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal