जनतालाई सधैं गुमराहमा राख्ने प्रयास

२०८० मंसिर २२ गते, शुक्रबार

गणेश जि.सी.
जुनसुकै सरकार र व्यवस्था आए पनि जनताको पक्षमा त्यो कहिले पूरा हुन सकेको छैन । निर्वाचनका बेला मिठो नारा लगाउने दलहरु पनि सरकारमा गएपछि जनताको भावनाविपरीत काम गर्ने भएकाले जनता भनें कुन दल र कुन व्यक्ति ठिक हो भन्ने छुट्याउन नसक्ने अवस्थामा पुगेका छन् ।

दलहरुले सधैं जनताको पक्षमा गुलियो आश्वासन दिने गरेका छन् । एकपटक, दुइपटक झुक्किए भन्दैमा अब जनता सधैं झुक्किने र अलमलिने पक्षमा छैनन् तर नेताहरुले भनें जनतालाई सधैं कमजोर सोच्दै आएका छन् । नेताहरुले आफूलाई शासक र जनतालाई भनें अत्यन्तै कमजोर ठान्दै आएका छन् । अरुबेला जनताको शक्ति कमजोर भए पनि निर्वाचनका बेला उनीहरुको शक्तिले मानिसलाई कहाँ पु¥याइदिन्छ भन्ने उनीहरुले राम्रोसँग भोगेका छन् । निर्वाचनका बेला सानो अनुहारमा ‘म्याउँम्याउँ’ आउने धेरैजसो नेता निर्वाचन जितेपछि साँढेजस्तो गर्जने गर्छन्, जसको परिणाम भोग्न उसले अर्को निर्वाचनसम्म पर्खनैपर्ने हुन्छ । कतिपय नेता भनें पदको जिम्मेवारी पाएपछि सधैं जनताको घरदैलोमा नै हुन्छन् जसले गर्दा जनताले अर्को निर्वाचनमा फेरि पनि पत्याउन सक्छन् ।

जनताले नेता र सरकारसँग कहिल्यै पनि ठूलो अपेक्षा गरेका हुँदैनन् तर सानोभन्दा सानो काम पनि नहुने भएकाले मात्र जनताको गुनासो बढी सुन्नुपरेको थियो । जनतालाई कतै अप्ठ्यारो परेको बेला नेताले थोरै बोलिदियो भनें पनि उनीहरुको लागि ठूलो आशा हुन्छ । कतिपय कानुनी र व्यावहारिक झन्झटले गर्दा सर्वसाधारण हैरान भएका हुन्छन् । आफूले जिताएको वा पत्याएको प्रतिनिधिले भनिदिएको खण्डमा काम सहज हुन्छ र कामै नभए पनि उसले कमसेकम उ मेरो पक्षमा रहेछ भन्ने महसुश गर्न पाउँछ । पछिल्लो समयमा नेता र जनताबीचको दूरी बढ्दै गएको छ । जुनसुकै शासन व्यवस्था आए पनि आफूहरुको अवस्थामा सुधार हुँदैन भन्ने बुझेका जनताले अबको अवस्था कस्तो हुन्छ र आफूहरु कसरी सहज ढंगले जीविकोपार्जन गर्न सकिन्छ भन्ने चिन्ता गरिरहेका छन् । हिजो राजसंस्था हुँदा जनताका अधिकार खोसिए भनेर नेताले नारा लगाए होला नि त त्यसो भए भनेर जनता पनि गणतन्त्र ल्याउने आन्दोलनमा लागे, फेरि यो व्यवस्था पनि उस्तै रहेछ भनेर अहिले सबैले भनेका छन् त्यसैले जनता भनें विकल्प खोज्दाखोज्दै सधैं अलमलमा परेका छन् ।

68 Views

ताजा

‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल

२०८२ मंसिर १२ गते, शुक्रबार

‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल

२०८२ मंसिर १२ गते, शुक्रबार

लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

२०८२ मंसिर ११ गते, बिहीबार

पशुपतिनाथ मन्दिरबाट फलामे बार हटाइने

२०८२ मंसिर ११ गते, बिहीबार

मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोक्यो: विद्या भण्डारी

२०८२ मंसिर ११ गते, बिहीबार

रास्वपा र विवेकशील साझाबीच एकता हुने

२०८२ मंसिर ११ गते, बिहीबार

आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट बजारमा

२०८२ मंसिर ११ गते, बिहीबार

बर्दियाको समग्र विकास र सुशासनका लागि घिमिरेद्वारा सरकारलाई कडा सन्देश

२०८२ मंसिर ११ गते, बिहीबार

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै

२०८२ मंसिर १० गते, बुधबार

विशेष महाधिवेशन ढोंगी कुरामात्रै होः रञ्जित कर्ण

२०८२ मंसिर १० गते, बुधबार

‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज

२०८२ मंसिर १० गते, बुधबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal