गीत संगीतकी त्रिवेणी अनिता कुँवर

२०८० कार्तिक १७ गते, शुक्रबार

अनिता कुवँर मूलतः संगीत सर्जक हुन । कर्म सिद्धि यात्राको क्रममा आफूलाई गायिकाकै रुपमा चिनाउँदै लगेपनि वास्तवमा उनी संगीतकी त्रिवेणी हुन् । सांगीतिक दुनियाँमा अनिताले आफूलाई गायन, शब्द र संगीतलाई एकसाथ आत्मसात् गर्दै लगेकी छिन् । त्यसैले त अनिताले संगीतको यात्रालाई पराई हुन नदिई कर्मले संगीतलाई पराई हुनबाट बचाउँदै आफन्त बनाए गीत संगीतलाई ।
बाबु यम बहादुर कुवँर र आमा सानुमाया कुवँरको कोखबाट गोर्खाको मनकामनामा जन्मीएकी अनिताले स्नातकसम्मको अध्ययन गरेकी छिन् । मान्छेको परिचय स्थापित हुन, मान्छेको प्रतिभा स्फूटन हुन वातावरणको पनि ठूलो भूमिका हुन्छ । उनका लागि स्कूल नै स्कूलिङ भयो सांगीतिक वातावरण सिर्जना गर्न । उनको हौसला, प्रेरणा साथीहरु भए र शिक्षक पनि । कुनै पनि कर्मको शुरुवातले जब उत्साह पाउँछ, जब हौसला पाउँछ, जब प्ररेणा पाउँछ तब न कर्मले सफलताको बाटो चुम्दै जानेछ । अध्ययन कालमा भएका सांगीतिक प्रतियोगितामा जब उनलाई गायनबाटै प्रथम स्थान मिल्यो त्यसले प्रशस्त उर्जा मिल्यो । आफूलाई जाँच्ने कसी प्रथम स्थान थियो । त्यतिबेला अनिताले बुझिन् की बुझिनन् तर उनको स्वरले परिक्षा उत्तीर्ण गरिसकेको थियो ।


आफन्तहरुको हौसला एवं प्ररेणा मिलिरहेको बेला उनले ‘पराई’ रोजिन् । ‘पराइ’ उनको गीति एल्वम थियो । २०७४ सालमै उनले हिम्मत जुटाइन् । आफ्नै शब्द, संगीत र स्वरको त्रिवेणीलाई मिसाएर पराई नामक एल्बम लिएर आईन् । तर पराईले नामको विपरीत धेरै आफन्त दियो । पराईबाट संगीतमा उनको चिनारी त भयो नै सँगसँगै उनका अनुयायी भए । त्यसो त संगीतमा परिपक्वता आउन बाँकी नै छ । अध्ययन र सिकाई त मान्छेको जीवनमा कहिले पुरा हुन्छ र ! ? तै पनि ताते ताते गर्दै उनी संगीतमा आएकी थिइन् । अहिले ठमठमी हिडिरहेकी छिन् । यो हिँडाईलाई दौडाई बनाउन भने बाँकी नै छ । सफलता कहिले सानो र ठूलो हुँदैन । सफलता भनेको सफलता नै हुन्छ । क्रमश अनितालाई “आज की भोलिमा“, “हजारौं चोट, पलपल हरपल“, “वासना“, “ढाकाटोपी“, “यो माया“, “दिदिबहिनी माइतिघरमा“, “आखैंमा घाम प¥यो“ जस्ता गीतहरुले उनलाई परिचय थपिरहेका छन् । स्वरलाई तिखारी रहेका छन् । संगीत, शब्द र स्वरको त्रिवेणीमा प्रवेश गरेपनि अनिता यतिखेर गन्तव्यको एकै पथमा हिंडिरहेकी छिन् । ०७४ देखि अहिलेसम्म उनले एक दर्जन भन्दा बढी राम्रा गीतहरुमा स्वर दपईसकेकी छिन् ।


रुची त अनिताको गीत संगीतमा मात्र होइन सिनेमामा पनि थियो । त्यसैले त यतिखेर निर्माण भएको चलचित्र “चिठ्ठी“ मार्फत् सिनेमा निर्माणमा पनि हात हालेकी छिन् । उनी यो चलचित्रमा सह–निर्माताको रुपमा छिन् । सिनेमाको मोहलाई पुरा गर्दै “चिठ्ठी“ मार्फत निर्माणमा आएको र कथावस्तु, निर्माण टिम राम्रो भएमा भोलि फेरी पनि निर्माणमा लाग्ने सोच उनमा रहेको छ । अझै मोडलिङमा पनि अनिताको रुची छ । त्यसैले आफ्ना गीतमा मोडलिङ समेत गरेकी छिन् ।

आठौं म्यूजिक खबर म्यूजिक अवार्डमा नोमिनेशनसम्म सीमित रहेकी अनिता “नेशनल इन्टरटेन्टमेन्ट अवार्ड ०७७“ मा सर्वाेत्कृष्ट गायिका भएकी छन् । नोमिनेशनकै हिसाबमा त उनी “पिम नेपाल म्यूजिक अवार्ड ०७७“ मा पनि थिइन् । “पिम नेपाल व्यक्ति कला सम्मान २०८०“ बाट सम्मान समेत उनले पाएकी छिन् । अवार्ड सम्मान उनको मानक हुन्, आफ्नो कर्मको मूल्याङ्कन हुन् त्यसैले उनी खुशी छन् । पहिले एल्वम नै आधुनिक गीतबाट शुरु गरेकी अनिता आफूलाई फेरी सक्रिय पुर्वक प्रोजेक्टहरु गरिरहेकी छिन् । यत्ति हो गीत संगीतको लागि उनको कर्म निरन्तर छ ।

74 Views

ताजा

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

२०८२ भाद्र २९ गते, आईतवार

रेशम चौधरीले छोडे नाउपा

२०८२ भाद्र २९ गते, आईतवार

आज मन्त्रिपरिषद् विस्तारको तयारी

२०८२ भाद्र २९ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal