बिपीको जेल डायरी लोकार्पण

२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, कांग्रेसका नेता प्रवक्ता मीन विश्वकर्मा, माओवादी नेता राम कार्की, कांग्रेस नेतृ प्रतिमा गौतम, प्रा. कृष्ण खनालले पुस्तकको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा कांग्रेस महामन्त्री थापाले बिपी कोइरालाको विचारलाई पवित्र ग्रन्थ पूजा मात्र गर्दा उनमाथि अन्याय हुने भन्दै ती विचारलाई पार्टी र नेता कार्यकर्ताले अन्तरमनदेखि नै आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए। उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको समेत उनको भनाइ थियो ।

एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली बिपी जेलको सानो घेरामा रहँदा पनि उनको विभिन्न पुस्तक मगाएर अध्ययन गर्ने बानीले उहाँको चिन्तन बृहत्तर र सोच अत्यन्तै फराकिलो बनाउन सकेको धारणा व्यक्त गरे । प्रकाशित जेल डायरी सबैका लागि मार्गदर्शकका रूपमा रहेको उनको भनाइ थियो ।

माओवादी नेता राम कार्कीले नेपाली कांग्रेसले बिपीलाई महामानव भन्दै आए पनि उनीलाई असरल मान्छेका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । बिपीको विचारलाई लिएर अगाडि बढ्दै गरेको पार्टी रूपान्तरण हुनु जरुरी रहेको उनको भनाइ थियो ।

कांग्रेस नेता मीन विश्वकर्माले स्वर्गीय बिपी राजनीतिक र साहित्यिक मात्र नभई उनको बहुआयामिक व्यक्तित्वकोे बारेमा उजागर गर्नका लागि नेपाली कांग्रेसले यस पटक बिपी साहित्य महोत्सवको आयोजना गरेको बताए। जेल डायरीमा गरिएका टिपोटहरूले बिपीका जीवनका अन्य विविध पक्षलाई पनि उजागर गर्ने उनको भनाइ छ । नेतृ प्रतिमा गौतमले आदर्श व्यक्तित्व बिपीको डायरी प्रकाशनले नयाँ पुस्तालाई त्यस कालखण्डको इतिहास, नेतृत्वले गरेको सङ्घर्षलाई बुझ्न थप सहयोग पुग्ने विचार व्यक्त गरिन् ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य आठ सय रुपियाँ रहेको छ । पुस्तकको सम्पादक शङ्कर तिवारी हुन् भने सङ्कलन पदमबहादुर थापाले गरेका हुन् । पुस्तकमा आवरण चित्र रसिक राजको रहेको छ भने ढाँचा सुवर्ण हुमागाईले गरेका छन् ।

72 Views

ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal