बिपीको जेल डायरी लोकार्पण
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, कांग्रेसका नेता प्रवक्ता मीन विश्वकर्मा, माओवादी नेता राम कार्की, कांग्रेस नेतृ प्रतिमा गौतम, प्रा. कृष्ण खनालले पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा कांग्रेस महामन्त्री थापाले बिपी कोइरालाको विचारलाई पवित्र ग्रन्थ पूजा मात्र गर्दा उनमाथि अन्याय हुने भन्दै ती विचारलाई पार्टी र नेता कार्यकर्ताले अन्तरमनदेखि नै आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए। उनले बिपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गरेको समेत उनको भनाइ थियो ।
एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली बिपी जेलको सानो घेरामा रहँदा पनि उनको विभिन्न पुस्तक मगाएर अध्ययन गर्ने बानीले उहाँको चिन्तन बृहत्तर र सोच अत्यन्तै फराकिलो बनाउन सकेको धारणा व्यक्त गरे । प्रकाशित जेल डायरी सबैका लागि मार्गदर्शकका रूपमा रहेको उनको भनाइ थियो ।
माओवादी नेता राम कार्कीले नेपाली कांग्रेसले बिपीलाई महामानव भन्दै आए पनि उनीलाई असरल मान्छेका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । बिपीको विचारलाई लिएर अगाडि बढ्दै गरेको पार्टी रूपान्तरण हुनु जरुरी रहेको उनको भनाइ थियो ।
कांग्रेस नेता मीन विश्वकर्माले स्वर्गीय बिपी राजनीतिक र साहित्यिक मात्र नभई उनको बहुआयामिक व्यक्तित्वकोे बारेमा उजागर गर्नका लागि नेपाली कांग्रेसले यस पटक बिपी साहित्य महोत्सवको आयोजना गरेको बताए। जेल डायरीमा गरिएका टिपोटहरूले बिपीका जीवनका अन्य विविध पक्षलाई पनि उजागर गर्ने उनको भनाइ छ । नेतृ प्रतिमा गौतमले आदर्श व्यक्तित्व बिपीको डायरी प्रकाशनले नयाँ पुस्तालाई त्यस कालखण्डको इतिहास, नेतृत्वले गरेको सङ्घर्षलाई बुझ्न थप सहयोग पुग्ने विचार व्यक्त गरिन् ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य आठ सय रुपियाँ रहेको छ । पुस्तकको सम्पादक शङ्कर तिवारी हुन् भने सङ्कलन पदमबहादुर थापाले गरेका हुन् । पुस्तकमा आवरण चित्र रसिक राजको रहेको छ भने ढाँचा सुवर्ण हुमागाईले गरेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





