पहिचानवाद अपूर्ण छ, राज्यशक्ति प्राप्तिका लागि सङ्घवाद नै चाहिन्छः कावा अध्यक्ष श्रेष्ठ
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीले राज्ययन्त्रमा मात्र होइन, आफ्नो सङ्गठनात्मक काममा पनि सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएको छ । उनले उक्त कुरा जसपा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसहितको अगुवा कार्यकर्ता भेलामा बताएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले जनता समाजवादी पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद, पहिचान र सङ्घीयता बिचको अन्तर्सम्बन्ध र पार्टी विधानले अंङ्गीकार गरेको सङ्गठनात्मक सिद्धान्त लगायतका विषयमा प्रशिक्षणात्मक मन्तब्य राखेका थिए । उनले भने, ‘पार्टीको मार्गदर्शक सिद्धान्त सङ्घीय समाजवाद हो । सङ्घीयता देशका उत्पीडित राष्ट्रियताहरूमाथि भइरहेको विभेद मुक्तिको आधार र समाजवाद श्रमजीवी वर्गको मुक्तिको आधार हो । आजभोली सङ्घवादभन्दा पहिचानवाद शब्द धेरैलाई प्रीय लागेको छ । तर राजकीय सत्ता र शासनाधिकारको साझेदारीको सम्बोधन सङ्घवादको सैध्दान्तिक मान्यताले मात्र हुन्छ ।’
प्रमुख अतिथि श्रेष्ठले विश्वका चीन, बेलायत, नर्वे लगायतका एकात्मक देशहरूले उत्पीडित राष्ट्रियताहरूको पहिचानलाई सम्बोधन गरेको कुरा उदाहरण दिंदै भने, ‘पहिचानको माग र मुद्दाहरू एकात्मक देशमा पनि सम्बोधन हुन सक्छ । तर यसले राजकीय सत्ता र शासनाधिकार बाँडफाँटको उद्देश्य पूरा हुँदैन । केन्द्रमा साझा शासनका लागि सङ्घीयता नै आवश्यक छ ।’
उनले भने, ‘हाम्रो पार्टीले समाजवादसँगै सङ्घवादलाई जोड दिइरहँदा एकातिर यसले पहिचानको मान्यतासँगै राजकीय सत्ता र शासनाधिकारकै साझेदारीमा जोड दिएको छ भने अर्कोतिर सुशासन, समृध्दि र सामाजिक न्यायको मुद्दालाई पनि सम्बोधन गरेको छ । सङ्घीय समाजवादले मात्र पहिचान र अधिकारका साथै श्रमजीवी वर्गको मुक्तिको सवाल पनि सम्बोधन गर्छ ।’
पार्टीको बागमती प्रदेश इन्चार्ज सुशिला श्रेष्ठको अध्यक्षतामा संगठन विस्तार तथा सुदृढीकरण कार्ययोजना निर्माणका लागि भएको अगुवा कार्यकर्ता भेलाले अभियानमा सम्पूर्ण केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई पालिका पालिकामा खटाएको छ । खटाइएका प्रतिनिधिहरूले आफूलाई खटाइएको पालिका समितिसँग समन्वय गरी तत्काल गठन पुनर्गठन गरी पार्टी सुदृढीकरणका काममा लाग्न बागमती प्रदेश इन्चार्ज श्रेष्ठले निर्देशन दिए । कार्यक्रमको सञ्चालन वागमती प्रदेश सहइन्चार्ज सुनी लामा र स्वागत सहइन्चार्ज लालबहादुर तामाङले गरेका थिए ।
ताजा
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





