मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो: केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् । सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए ।
‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’, अध्यक्ष ओलीको भनाइ छ । आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए । उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृहत् शान्ति सम्झौतापछि राजतन्त्र हटेको बताए ।
उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए । ‘राजनीतिलाई छलछाम र षडयन्त्रको खेल नबनाइयोस्,राजनीतिलाई आदर्श र समाज रुपान्तरणको माध्यम बनाइयोस्’, ओलीको भनाइ छ ।
तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो । उक्त घटना नेपाली राजनीतिमा सुखानी हत्या काण्डले चिनिन्छ । सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी,कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो ।
ताजा
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक
२०८२ फाल्गुन ८ गते, शुक्रबार
पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
२०८२ फाल्गुन ८ गते, शुक्रबार
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा
२०८२ फाल्गुन ६ गते, बुधबार
बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने
२०८२ फाल्गुन ६ गते, बुधबार
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव
२०८२ फाल्गुन ६ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





