उपत्यका मोबाईल व्यवसायी संघको वनभोज कार्यक्रम सम्पन्न
योगेन्द्र चौलागाई
काठमाडौ । उपत्यका मोबाईल व्यवसायी संघको वनभोज एवं सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । हिजो शनिबार शहिद पार्क गोकर्णमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईको प्रमुख आतित्थ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता उपत्यका मोबाईल व्यवसायी संघका अध्यक्ष बद्री कँुवरले गरेका थिए ।

व्यवसायीहरुबीच एकता र भाईचाराको सम्बन्ध विकास गर्दै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि भट्टराईले हरेक काम गर्न कठिन हुने तर संघर्षको निरन्तरताले मात्र सफलता हात लाग्ने भन्दै व्यवसायिक हक हितका लागि सबै मोबाईल व्यवसायीहरुलाई संघमा आवद्ध भई एकजुट हुनु पर्ने बताए । साथै उनले महासंघका हरेक गतिविधिमा ऐक्यवद्धता जनाउन सबैलाई आग्रहगर्दै व्यवसायीहरुको समस्यामा हरदम सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यस्तै कार्यक्रमका अध्यक्ष बद्रि कुँवरले सबै व्यवसायीहरुलाई एक आपसमा सहकार्य र सहयोगको भावना राख्दै व्यवसायिक एकता कायम गर्न आग्रह गरे । उनले हाल मोबाईल वितरणमा नाफको प्रतिशतमा कमी हुँदा व्यवसाय टिकाउन कठिन भएकोले यस बिषयमा सरोकारवालाहरुसँग संघको तर्फबाट छलफल गर्ने बताए । साथै गत फागुन १ गते नयाँबसपार्क स्थित लोत्से मलको मोबाईल पसलमा भएको लुटपाटको घटनाको दुःख व्यक्त गरे ।

कार्यक्रमका अतिथि, उपत्यका मोबाईल व्यवसायी संघका संस्थापक एवं नेपाल मोबाईल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सोवित प्रसाईं (सुरेश)ले शुभकामना मन्तव्य राख्दै संघको स्थापना कसरी भयो भन्ने कुराको जानकारी दिए । उनले संगठन नै बल भएको बताउदै संस्थागत रुपमा मात्र व्यवसायीको पहिचाहन राम्रो हुने र सरोकारवाला निकायहरुले पनि आप्mना आवाज सुन्ने भएकोले व्यसायी संघ अपरिहार्य रहेको बताए । साथै उनले गत फागुन १ गते नयाँबसपार्क स्थित लोत्से मलको मोबाईल पसलमा भएको लुटपाटको क्षतिपूर्ति र राहतको लागि नेपाल सरकार, बिमा कम्पनी लगाएतका निकायहरुमा पटक पटक छलफल हुँदा पनि हालसम्म केहि उपलब्धि नभएकोमा गुनासो व्यक्त गर्दै यस्ता घटनाले ढुक्कसँग व्यवसाय गर्न सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अर्जुन चालिसे, महासचिव रमेश घिमिरे, सचिव डिल्लि तामाङ, कोषाध्यक्ष श्याम नगरकोटी, टेक्नो मोबाईलका वितरक विजय पौडेल, मोबाईल वितरक संघका सचिव बालनरसिंह कुँवरलगाएत विभिन्न अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । उपत्यका मोबाईल व्यवसायी संघकी महासचिव पवना ढुंगानाले संचालन गरेको सो कार्यक्रममा संघमा आवद्ध ७० जना नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र र अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।

ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





