विवादित रवि झन् कमजोर बन्दै

२०७९ माघ २२ गते, आईतवार

काठमाडौं । नागरिकता प्रकरणले आलोचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने दिनैपिच्छे कमजोर बन्दै गएका छन् । नागरिकताको विवाद बढ्दै गएपछि मन्त्री र सांसद् पदसमेत खुस्किएका उनले फेरि पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाउनुपर्ने दाबी गरेपछि उनी सत्ता भनेपछि अरु नेताजस्तै भएको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

रविले आफू मन्त्री हुन नपाए सरकार छोड्ने भन्दै आएका छन् । बिहीबार बसेको पार्टीको बैठकले पनि केही निर्णय गर्न सकेन । पार्टीका अन्य नेताहरु भनें सरकार छोड्न नहुने भन्दै आएका छन् । रविकै कारण सरकारबाट बाहिरिने अवस्था आउनु दुःखद् भएको उनीहरुको भनाई छ । यही विवादले गर्दा पार्टी निकै ठूलो संकटमा परेको छ । रविलाई फेरि मन्त्री बनाउने कुरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक भए पनि प्रधानमन्त्री प्रचण्ड भनें मानिरहेका छैनन् । रविले अर्को नागरिकता लिएपछि तत्कालको लागि त्यो विवाद अन्त्य भए पनि त्योसँगै जोडिएका अन्य विवादले रवि चरम संकटमा परेका छन् । रविको नागरिकता विवादमा अरु कुनै मुद्या नपरे र मुद्या परे पनि उनले सफाई पाउँदा पनि उनले लिएको पछिल्लो अडान उनको लागि घातक हुने खतरा छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि फेरि पनि चितवन २ बाट उठ्ने र उनलाई पार्टीले सहयोग गर्ने बताइसकेका छन् । एमाले रविका लागि जस्तोसुकै त्याग गर्न तयार भए पनि नेकपा (माओवादी केन्द्र) र त्यसका अध्यक्षसमेत रहेका प्रचण्ड भनें त्यति सकारात्मक देखिएका छैनन् । रविले चितवन २ बाट प्रतिनिधिसभाको यो निर्वाचन फराकिलो मत अन्तरले जितेका हुन् । निर्वाचन आयोगले छिटै यो क्षेत्रमा उपनिर्वाचन गर्ने जनाएको छ । रास्वपामा २० जना सांसद रहेकामा एक घटेर १९ भएको छ । सरकारका लागि यो संख्या निकै ठूलो भएकाले पनि ओली जसरी भए पनि रविलाई छोड्ने पक्षमा छैनन् । ओलीकै सेटिङमा यो सरकार बनेको हो ।

संविधानको धारा ७८ मा ‘संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने’ व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार यसअघि पनि सांसद् नभएका व्यक्ति पनि मन्त्री भएका थिए । यो धाराको उपधारा (१) मा लेखिएको छ– धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए ता राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने छ ।’ यसरी मन्त्री भएको व्यक्ति ६ महिनाका लागिमात्र हुने छ । धारा ७८ को उपधारा २ मा लेखिएको छ –‘उपधारा १ बमोजिम नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने छ ।’ उपधारा ३ मा यसलाई थप प्रष्ट पारिएको छ –‘ उपधारा २ बमोजिमको अवधिभित्र संघीय संसदको सदस्यता प्राप्त गर्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर निज मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन ।’ रवि पनि धारा ७८ को उपधारा १ अनुसार फेरि मन्त्री हुने प्रयासमा छन् ।
रास्वपाले मात्र समर्थन फिर्ता लिँदा सरकार नढल्ने भए पनि त्यसपछि अरुले पनि समर्थन नजनाए सरकार संकटमा पर्ने छ । सरकारलाई समर्थन दिएका दलले विश्वासको मत फिर्ता लिए सरकारले आफूसँग बहुमत छ भनेर पुष्टि गर्नुपर्छ । वरिष्ठ अधिवक्ता विष्णु भट्टराइले सरकारलाई समर्थन गरेका कुनै पनि दलले समर्थन फिर्ता लिए सरकारले आफूसँग बहुमत छ भन्ने देखाउनुपर्ने बताए ।

प्रचण्डले पौष २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । सरकारलाई २६८ जना सांसदको समर्थन थियो । संसदमा सबैभन्दा बढी सिट रहेको नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको थियो । संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये सरकारको विपक्षमा २ मत खसेको थियो । प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने प्रचण्डलाई मत दिएनन् ।

99 Views

ताजा

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal