संचालकको मनपरीले बचतकर्ताको रकम जोखिममा

२०७९ माघ २० गते, शुक्रबार

बुटवल । रुपन्देहीमा रहेका सहकारीहरु पछिल्लो समय एकपछि अर्को संकटमा फस्दै गएको पाईएको छ । रुपन्देहीको बुटवलमा रहेको शिव शिखर, सुपिम्र,आगन्तुक सहकारीहरुमा हाल बचतकर्ताहरुले रकम निकाल्न नपाएको चरम समस्याको बाहिर आएको छ ।

लुम्बिनी प्रदेश सहकारी विकास वोर्डको उपाध्याक्ष टिकाराम पोखरेले प्रदेशमा सञ्चालनमा आएका केही सहकारीहरुमा समस्या देखिएकोले सरकार कानु्नी प्रकृया अगाडि बढाएको बताए । रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषेयक शुक्रवार आयोजना गरेको साक्षात्कारमा बोल्दै पोखरेलले सहकारीको मर्म भन्दा बाहिर बचत कर्ताको रकममा संचालनहरुको चलखेल गर्दा यस्तो समस्या देखिएको बताए ।

उनले बर्दियाको नमस्ते बहुउद्देश्यीय सहकारी संस्थाले आफुखुसी लगानी गर्दा समस्या आएको उदाहरण दिदै सहकारीमा देखिएको समस्यालाई तीन तहका सरकारको सकृयताले मात्र समाधान गर्न सकिने बताए ।उनले भर्ने त्यसका लागि हामीहरु गृहकार्यमा छौ, छिटै देखिने गरी काम गर्ने छौं,।

कार्यक्रमा लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिम प्रसाद तिवारीले सहकारीमा सुशासन नभएको अनुभव सुनाउँदै आफु आएको दुई महिनामा ५० भन्दा धेरै सहकारीमा प्रत्यक्ष पुगेर कतिपय सहकारीलाई सुधार गर्न निर्देशन दिएको यद्यपी नमानेमा कानुनी दायरमा ल्याईने खवरदारी गरेको सुनाए । सहकारी मुल्य मान्यता पालना नगरेको ,गतल लेखा परिक्षण गरी सहकारी चलाएको जस्ता कारणले पछिल्लो समय सहकारीमा समस्या देखिएको बताए। उनले सहकारी उत्पदान मुलक काम गर्नु साटो पैसाको किनबेचमा लागेको सहकारी समस्याग्रत देखीएको बताए ।

प्रदेश बचत तथा ऋण सहकारी संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले समुदायमा आधारित सहकारीमा समस्या नभएको दावी गर्दै, कारोबारी सदस्य बनाएका सहकारीहरुमा समस्या रहेको सत्यता प्रष्ट्याए । अध्यक्ष नेपाले भने, २०६४ सालमा बुटवलमा रहेको स्वर्णिम सहकारीमा पनि आर्थिक अपादर्शिता कारण यस्तै समस्या हामीकहाँ आयोे । हामीले त्यसको बारेमा अनुगमन गरी नागरिकको पैसा फिर्ता गर्न तर्फ सफल भयौं । त्यसैले अहिले बजारमा आएको समस्या हल गर्न कुनै काम बाँकी नराख्ने भन्दै सहकारी सञ्चालकलाई यथाशिघ्र समस्या समाधानमा लाग्न आग्रह गरे ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य माधवलाल देवकोटाले सहकारी संस्थाले कारोबारी सदस्य बनाएका कारण समस्या निम्तिएको जनाउँदै, वित्तिय अनुसाशन पालना नहुँदा, अनुपातमा बचत संकलन गरी ऋण एकल रुपमा वढि गरेकाले सहकारीहरु धरापमा पर्न थालेको वताए ।

उनले सहरकारी सञ्चालनका लागि बाहिरी ऋण लिने चलन रहेको र क्षमता भन्दा वढि रकम संकलन गरी उक्त रकम बाहिर लगानी गरेको पैसा नउठेपछि बचतकर्ताहरुलाई फिर्ता गर्न नसकेको रहस्य खुलाए ।

जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष भिम तुलाचनले सहकारीमा सरलीकरण र सहजीकरण नहुदा आर्थिक सुशासन कार्यन्यन नहुदा सहकारीमा बथेति भएको बताए । जसले गर्दा नागरिक पैशा जोखिमा पर्न नदिनको लागि अव आफुहरु चुप लागेर नवस्ने बताए ।

बुटवल उपमहानगरपालिका अन्र्तगत सहकारी शाखा प्रमुख गुनाखर खनालले उपमहानगरमा दर्ता भएका १ सय ३६ वटा सहकारीमा कुनै समस्या नभएको जिकिर गर्दै, ७५ वटा प्रदेश मातहतका गरी २ सय ११ वटा रहेको वताए । प्रमुख खनालले थपे, उपमहानगरमा ६० हजार शेयर सदस्य रहेको र ७ अर्ब ४० करोड लगानी भएको समेत जनाए । कृषि बहुउद्देश्य सहकारी १२ वटा ग्रामिण क्षेत्रमा रहेको जनाउँदै बजार क्षेत्रमा कुनै सहकारी दर्ता नगरेको उल्लेख गरे ।

साक्षात्कारमा वोल्दै तिलोत्तमा सहकारी संघका प्रमुख कृष्ण पाण्डेले तिलोत्तमा नगरभित्र रहेका सहकारीहरुमा कुनै समस्या नभएको दावी गरेपनि तर उनको नगरभित्र रहेको एक कल्पबृक्ष सहकारीमा समस्या रहेको पाईएको छ ।

साक्षात्कार कार्यक्रमा शिव शिखर सहकारीबाट पिडित बनेका यज्ञ सापकोटाले नियमन निकायमाथि आका्रेश पोख्दै सहकारीहरुले यसैगरी नागरिकको पैसा नदिएमा प्रेम प्रसाद आचार्य जस्तै गरी सहकारी कार्यालय अगाडि गएर धेरैले आत्मदाह गर्न बाध्य हुने दिन आउन सक्ने बताए ।

उनले आफुले १० हजार रुपैयाँ समेत निकाल्न महिना दिनदेखि धाउँदा पनि नपाएको भन्दै सो सहकारी एउटा अपारर्मेन्ट सञ्चालन गरेको र पैसा लिन जानेहरुलाई सामान हात लगाईने गरेको वताउँदै बजार मुल्यभन्दा अत्यधिक कालोबजारी मुल्यमा लादेको आरोप लगाए । नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले काठमाण्डौं मोडेल नामको बुकलेट शुत्र अनुसार चल्दा केहि सहकारीहरुले नागरिकको पैसा जोखिममा रहेको स्पष्ट पारेका थिए । उनले सहकारीहरुमा बेथितीहरु नियन्त्रण गर्न छिटै कार्यदल गठन गरी समस्याको समाधान गर्न सुझाव दिए ।

लुम्बिनी प्रदेशमा २०७७ को तथ्याङ्ग अनुसार ३हजार ७५५ सहकारीले ४२ अर्व लगानी, ६० अर्व निक्षेप र ६ अर्व सेयर पुँजी रहेको छ । त्यस यता अझै अद्यावधिक भएको छैन् ।कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

129 Views

ताजा

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

२०८२ मंसिर १७ गते, बुधबार

गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

२०८२ मंसिर १७ गते, बुधबार

कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

२०८२ मंसिर १७ गते, बुधबार

चर्चित र्‍यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

२०८२ मंसिर १७ गते, बुधबार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal