एकाएक कसरी भाइरल भयो रेशम चौधरीको गीत ‘कस्तो होला भाटु राजाको धरहरा’
‘कस्तो होला भाटु राजाको दरबार’
घुमाई दिनु भाटु नौतले धरहरा’
काठमाडौं । रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छन् ।
‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ सालमा रेकर्ड गरेको गीत’ भन्दै उनले टिकटकमा भिडियो सेयर गरेकी हुन् । रेशम चौधरी चार दिवारमा थुनिएर आजभोलि बन्द भएको र उनी निर्दोष भएको कुरा पनि रञ्जिताले क्याप्सनमा लेखेकी छन् । चौधरीकै अर्को एक गीत ‘ल होइ ल होइ साली हजुर’ बोलको थारु गीतलाई पनि टिकटकमा व्यापक सेयर गरिएको छ ।
रेशमको यो गीत दुई दशकपछि सामाजिक सञ्जालमा भाइरल किन बनिरहेको छ भन्ने कुरा बुझ्न राजनीतिको समय र सन्दर्भ बुझ्नुपर्ने हुन्छ । रेशमकै दल नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्तसहित विश्वासको मत दिंदैछ । रेशम चौधरीलाई रिहा गर्नुपर्ने र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने सर्त नाउपाको छ । यी सर्त पूरा भए सरकारमा जाने उसको भनाइ छ ।
एक बच्चासहित १२ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहरिएका चौधरी अहिले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नाउपा अध्यक्ष रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । रञ्जितासहित नाउपाका नेता कार्यकर्ताले रेशमको उक्त गीतलाई भाइरल बनाउँदै सामाजिक सञ्जालबाट उनको रिहाइका लागि माहोल बनाउन खोजिरहेको देखिन्छ ।
उक्त गीतलाई नै भाइरल बनाउनेतर्फ किन छनोट गरियो भन्ने बुझ्नु पनि रोचक नै हुन आउँछ । उक्त गीतमा साली र भिनाजुबीच काठमाडौं सहर घुम्ने चर्चा गरिएको छ । यी दुई पात्रबीच काठमाडौं घुमघामको रोमान्टिक कुरा भए पनि गीतको अन्तर्यले चाहिं नाउपाले कैलालीदेखि काठमाडौंसम्मको यात्रा कसरी तय गर्यो भन्ने कुरा दर्शाउँछ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





