एकाएक कसरी भाइरल भयो रेशम चौधरीको गीत ‘कस्तो होला भाटु राजाको धरहरा’

२०७९ पुष २६ गते, मंगलवार

‘कस्तो होला भाटु राजाको दरबार’
घुमाई दिनु भाटु नौतले धरहरा’

काठमाडौं । रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छन् ।

‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ सालमा रेकर्ड गरेको गीत’ भन्दै उनले टिकटकमा भिडियो सेयर गरेकी हुन् । रेशम चौधरी चार दिवारमा थुनिएर आजभोलि बन्द भएको र उनी निर्दोष भएको कुरा पनि रञ्जिताले क्याप्सनमा लेखेकी छन् । चौधरीकै अर्को एक गीत ‘ल होइ ल होइ साली हजुर’ बोलको थारु गीतलाई पनि टिकटकमा व्यापक सेयर गरिएको छ ।

रेशमको यो गीत दुई दशकपछि सामाजिक सञ्जालमा भाइरल किन बनिरहेको छ भन्ने कुरा बुझ्न राजनीतिको समय र सन्दर्भ बुझ्नुपर्ने हुन्छ । रेशमकै दल नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्तसहित विश्वासको मत दिंदैछ । रेशम चौधरीलाई रिहा गर्नुपर्ने र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने सर्त नाउपाको छ । यी सर्त पूरा भए सरकारमा जाने उसको भनाइ छ ।

एक बच्चासहित १२ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहरिएका चौधरी अहिले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नाउपा अध्यक्ष रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । रञ्जितासहित नाउपाका नेता कार्यकर्ताले रेशमको उक्त गीतलाई भाइरल बनाउँदै सामाजिक सञ्जालबाट उनको रिहाइका लागि माहोल बनाउन खोजिरहेको देखिन्छ ।

उक्त गीतलाई नै भाइरल बनाउनेतर्फ किन छनोट गरियो भन्ने बुझ्नु पनि रोचक नै हुन आउँछ । उक्त गीतमा साली र भिनाजुबीच काठमाडौं सहर घुम्ने चर्चा गरिएको छ । यी दुई पात्रबीच काठमाडौं घुमघामको रोमान्टिक कुरा भए पनि गीतको अन्तर्यले चाहिं नाउपाले कैलालीदेखि काठमाडौंसम्मको यात्रा कसरी तय गर्‍यो भन्ने कुरा दर्शाउँछ ।

 

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal