ट्रिनीटी साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न

२०७९ पुष २२ गते, शुक्रबार

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा १६ कार्यलय रहेको ट्रिनीटी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हसन कुमार गोपालीको सभापतित्वमा सभा सम्पन्न भएको हो । कायक्रममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका अध्यक्ष जिवन राज वन्त र अभियान डिजिटल प्रा।लि नेपालका अध्यक्ष बिष्णु प्रसाद काफलेको आतिथ्यता गरेका थिए ।

सभामा अध्यक्ष गोपालिले समुदाय र सदस्यको हित हुने कार्यक्रम गरी सदस्यमा आधारित नमूना सहकारीको रुपमा छवि निर्माण गर्न सकेको बताए ।संस्थाले सदस्यहरुको सामाजिक तथा आर्थिक उत्थानका साथै विविध सामाजिक गतिविधि समेत सञ्चालन गर्दै आएको सो अवसरमा उनले जानकारी दिए ।


आ।व। २०७९।८० को कार्ययोजना प्रस्तुत गर्दै उनले शेयरपुँजी वृद्धि गर्दै जाने, कर्मचारीको क्षमता अभिवृद्धिकाल लागि पुनर्ताजगी तालिम सञ्चालन गर्ने, संस्थामा आवद्ध सदस्य एवं विभिन्न समितिमा रहेकाहरुलाई क्षमता अभिवृद्धि गर्ने, एसएमएस मोबाइल बैंकिङ लगायताका सुविधा थप गर्ने र सदस्यहरुलाई उद्यमी बनाउन उद्यमशीलता तालिम सञ्चालन गरी प्रोत्साहन गर्ने योजना रहेको गोपालिले उल्लेख गरे ।

सभामा संस्थाका सचिव दिपु खड्काले आ।व। २०७८।७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिड १९ महामारीमा पश्चात देखिएको सहकारि क्षेत्रमा समस्या व्यवस्थापन, तरलता व्यवस्थापन र ऋण लगानी सम्बन्धी अन्तरक्रीया विषयक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए ।

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal