माघ १९ मा १५ लाख बुस्टर डोजको खोप ल्याइँदै
काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिनका लागि यही माघ १९ गतेभित्र १५ लाख डोज खोप ल्याउने भएको छ । स्वास्थ्य सेवा विभागका अपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा माघ १९ गते १५ लाख डोज खोप ल्याउन लागिएको हो ।
सरकारले बुस्टरका लागि फाइजर खोप कोभ्याक्स सुविधामार्फत् ल्याउन लागेको हो । उक्त खोप १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई दिइनेछ । कोभ्याक्सलाई थप १५ लाख डोजका लागि पनि पत्राचार गरिएको र त्यसपछि मागका आधारमा थप खोप ल्याइने चौरासियाले बताए ।
बुस्टर डोजपछि सरकारले कोभिड–१९ विरुद्धको चौथो डोज खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय गत कात्तिक २० गते गरेको थियो । महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई उक्त खोप दिइनेछ ।
दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोगप्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मीहरु रहेका छन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





