माघ १९ मा १५ लाख बुस्टर डोजको खोप ल्याइँदै

२०७९ पुष २१ गते, बिहीबार

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिनका लागि यही माघ १९ गतेभित्र १५ लाख डोज खोप ल्याउने भएको छ । स्वास्थ्य सेवा विभागका अपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा माघ १९ गते १५ लाख डोज खोप ल्याउन लागिएको हो ।

सरकारले बुस्टरका लागि फाइजर खोप कोभ्याक्स सुविधामार्फत् ल्याउन लागेको हो । उक्त खोप १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई दिइनेछ । कोभ्याक्सलाई थप १५ लाख डोजका लागि पनि पत्राचार गरिएको र त्यसपछि मागका आधारमा थप खोप ल्याइने चौरासियाले बताए ।

बुस्टर डोजपछि सरकारले कोभिड–१९ विरुद्धको चौथो डोज खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय गत कात्तिक २० गते गरेको थियो । महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई उक्त खोप दिइनेछ ।

दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोगप्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामी, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मीहरु रहेका छन् ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal