स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि चीनबाट आज स्वदेश फर्किँदै वर्षमान

२०७९ पुष ५ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किँदै छन् । उपचारका लागि चीनमा रहेका पुन स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि स्वदेश फर्किन लागेका हुन् ।

पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्व सभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारपछि भने ती समस्या हटेको उनले बताइन् ।

उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ ।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो ।

118 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal