पूर्ण अ,पाङ्गता भएका व्यक्तिलाई प्रशासनले घरमै पुगेर दियो नागरिकता

२०७९ आश्विन ५ गते, बुधबार

जिल्ला प्रशासन कार्यालय गुल्मीले इस्मा गाउँपालिका–५ की ३५ वर्षीया पूर्ण अ,पाङ्गता रहेकी विष्णु कुँवरलाई घरमै पुगेर नागरिकता दिएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरैसहितको टोलीले कुँवरको घरमै पुगेर नागरिकता दिएको हो ।

नागरिकता नहुँदा कुँवर सामाजिक सुरक्षासहित राज्यबाट प्राप्त हुने अन्य सेवा-सुविधाबाट बञ्चित हुनुपरेको थियो ।

इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र वडाध्यक्षसहितको रोहवरमा नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

आठ वर्ष अघि माइतीमा आएको बेला घर पोत्ने क्रममा ल,डेर मेरुदण्ड भाँ,चिएपछि कुँवर पूर्ण रुपमा अ,पाङ्ग हुनु भएको थियो ।

श्रीमानसँग सम्बन्ध राम्रो नभएपछि कुँवर माइतीमै बसेर अधिकारका लागि न्याय माग्न अदालतसम्म पुग्नुपरेको थियो । उहाँका एक छोरा छन् ।

अदालतले अर्जुन कुँवर र विष्णुलाई गएको वर्ष श्रीमान्–श्रीमतीको रुपमा नाता कायम गरिदिएको थियो । नागरिकता पाएपछि आफूले ठूलो राहत महसुस गरेको कुँवरको प्रतिक्रिया छ ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal