आज संविधान जारी भएको दिन, विविध कार्यक्रमसाथ दिवस मनाइँदै

२०७९ आश्विन ३ गते, सोमबार

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।

जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक छ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र संघीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक ८औं संविधान दिवस मनाउन लागिएको हो ।

संविधानसभाबाट ३, असोज २०७२ मा तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक(सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal