धर्म पुत्री पालेर उसैलाई ब,ला,त्कार गरेको अभियोगमा जुम्लाका महत जे,लचलान
जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि ब,लात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारा,गार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अ,भियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् ।जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारा,गार चलान गर्न आदेश दिएको हो । दा,यर मुद्दा माथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारा,गार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटीमाग गरिएको छ ।
त्यस्तै मुलुकी अ,पराधसंहितामा १०, देखि १४, वर्षकी नवबालिका माथि ज,बरजस्ती कर,णी गरे १८ ,देखि २०, वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । सोही माग दाबीसहित परेको मुद्दामा महतलाई कारागार चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।उनका अनुसार ज,बरजस्ती कर,णीको घ,टना मिलाएको अभियोगमा पक्राउ परेका पाँच अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ।
उक्त कार्यमा संलग्न चन्दननाथ नगरपालिका ५, कालीबहादुर भण्डारी र चन्दननाथ ४, की उर्मिला महत जनही दुई लाख पचास हजार धरौटीमा छुटेका छन् ।चन्दननाथ,४ का नवराज भारती र तातोपानी गाउँपालिका,८ शर्मिला महत जनही २, लाख धरौटी तिरेर छुटेका छन् भने तातोपानी गाउँपालिका ,८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् ।धरौटीमा छुटेका कालीबहादुर भण्डारी चन्दनाथ नगरपालिका,५ का वडा – सदस्य हुन् । उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् ।
मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार रहेको र उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत महेन्द्र महत र जीवन महत फरार रहेको छन् । नवबालिका माथि जबर जस्ती कर,णी गरेको आरोपमा जुम्ला प्रहरीले २९ , साउनमा महतलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको बयानका आधारमा थप पाँच जनालाई पक्राउ गरेकोथियो ।
त्यस्तै जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी साढे १०,वर्षकी नवबालिका माथि चन्दननाथ नगरपालिका,७ निवासी महतले एक महिनासम्म पटक – पटक जबर जस्ती कर,णी गरेको पीडित पक्षको आरोप छ । नाबालिगकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेकाथिए ।
जबरज स्ती कर,णी गरेको घट,ना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घ,टना मिलापत्रको प्रयासभएको थियो । अधिवक्ता दिलबहादुर सहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गराइएकोथियो ।
मिलापत्रमा बालिकालाई पडन पाठन सहयोगका लागि भनेर रकम दिइएको कागज बनाइएको छ । बालिकालाई महतले पढाइदिने र घरायसी कामका लागि छोरी ९धर्मपुत्री बनाएर राख्ने बालिकाकी आमासँग सहमति गरी घरमालगिएको बुझिएको छ । आमाले दोस्रो बिहे गरेकाले उनी पनि जुम्ला आएकी थिइन् । उनकी आमाले पसल चलाउँदै आएकीछन् ।
मुलुकी अ,पराध कार्यविधि अनुसार बला,त्कारको घट,ना मिलाउनु कानुन विपरीत हो । बला,त्कारका घट,नामा मिलापत्र गराउनेलाई समेत ६,, महिना देखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुनेउल्लेख छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





