फो,होर बोकेर बञ्चरेडाँडा गएका गाडी बीच बाटोमै रोकिए पछि

२०७९ श्रावण ३१ गते, मंगलवार

काठमाडौंबाट फो,होर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् ।

हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयको भनाइ छ ।

हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फो,होर फाल्न नदिन घोषणा गरेका थिए ।

आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए ।

फो,होरमा राजनीति गर्नेहरुलाई प्रवेश नि,षेध गरेका छौं : कार्की

राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको स्थानीयको आरोप छ ।

स्थानीय दिनेश कार्कीले स्थानीय पी,डितको नाममा फोहोरमा राजनीति गर्नेहरुसँग आफूहरुको कुनै सम्बन्ध नरहेको बताए । उनले राजनीति गर्नेहरुलाई ल्याण्डफिल साइटमा प्रवेश निषेध गरिएको पनि बताए ।

‘स्थानीय पी,डितको नाममा राज्यसँग मिलेर राजनीति गर्नेहरूलाई अब कुदुले बन्चरे ल्यान्डफिल साइडमा आजबाट प्रवेश निषेध गरिएको छ’ उनले भने ।

अहिले बन्चरेडाँडामा एक सय बढी स्थानीय सडकमा आएका छन् । राजनीतिक दलका प्रतिनिधि र स्थानीय पीडितका प्रतिनिधिहरुबीच अहिले वार्ता भैरहेको छ ।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal