अध्यक्ष तिमिल्सिना र नवनियुक्त भारतीय राजदूत श्रीवास्तवबीच भेट

२०७९ असार ३१ गते, शुक्रबार

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गर्नुभएको छ।सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उहाँहरुबीच शिष्टाचार भेट भएको हो।
भेटको सुरुमा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल(भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अपेक्षा गर्नुभयो।
अध्यक्ष तिमिल्सनाले नेपाल(भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरको सम्बन्ध रही आएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल(भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ। हामी मध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।’
छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो ‘नेबरहुड फर्स्ट पोलिसी’ अन्तर्गत छिमेकीहरु संगको सम्बन्धलाई विशेष महत्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रसंशा गर्नुभयो।
‘नेपाल र भारतबीचको बहुआयामिक एवं गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्रथामिकता दिइरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको उदाहरणका लागि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू नेपाललाई प्रथामिकता दिएर पाँचपटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नुभएको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरु भइरहेका छन्।’
अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सिमा क्षेत्रमा वर्षेनी बाढी र डुबान कारणमा जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको दीर्घकालिन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताहरुको कार्यन्वयन आवश्यक रहेको बताउनुभयो।
भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिक लगायत विभिन्न क्षेत्रमा पुर्या्उँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले दुई देशका संसदबीचको सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल(भारत संसदीय मैत्री समूह रहेको र यसबाट दुईदेशका संसदबीच सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा राख्नुभयो।
अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्य सभाका सभापति वेनकाय नायडुको सुस्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभयो। साथै सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रण समेत गर्नुभयो।
भेटका क्रममा राजदूत श्रीवास्तवले नेपाल(भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने उल्लेख गर्नुभयो।
साथै उहाँले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुद र बिस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो। राजदूत श्रीवास्तवले नेपाल र भारत बीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत, पर्यटन र कृषिमा प्रथामिकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो।

130 Views

ताजा

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर क्षेत्र नं. २ का राप्रपा उम्मेदवार बिक्रम थापाको समर्थकद्वारा मनकामना माईको दर्शन

२०८२ माघ १३ गते, मंगलवार

पक्राउ परे युवराज सफल

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

भक्तपुर २ मा कांग्रेसको विरासत जोगाउन कबिर राणा मैदानमा

२०८२ माघ १३ गते, मंगलवार

विश्वविख्यात ओटीटी प्लेटफर्म ‘अमेजन’मा हरिवंशको ‘भूठान’

२०८२ माघ १३ गते, मंगलवार

‘पाँच पाण्डव’मा डल्बी एट्मसको महसुस गर्न पाइने

२०८२ माघ १३ गते, मंगलवार

अभिनेता विजय बराल अब नयाँ भूमिका

२०८२ माघ १३ गते, मंगलवार

चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक

२०८२ माघ १३ गते, मंगलवार

नयाँ दल स्टन्टबाज गरेर जनताको दिमाग चाट्ने काम गरिरहेको प्रचण्डको टिप्पणी

२०८२ माघ १३ गते, मंगलवार

बर्दिया, कैलाली र कञ्चनपुरमा बालेन

२०८२ माघ १३ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal