भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने

२०७९ असार ३१ गते, शुक्रबार

भक्तपुर । भक्तपुरमा भोलि शनिबार साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरका साइकल प्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भोलि साइकलिङ च्यालेन्ज गर्ने भएको हो ।
भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरि कोष स्थापना गर्नका लागि सो कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ ।
सो च्यालेन्जलाई आयोजकले भक्तपुर कोरा २०२२ नाम दिइएको छ । त्यस निमित्त आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेका छन् ।
सो च्यालेन्ज अन्तरगत हुने ५० किलोमिटरको च्यालेन्जमा पुरूष १ सय २०, महिला ८ गरी १ सय ३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १ सय ४ र ३ महिला गरि १ सय ७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
आयोजकले सो च्यालेन्जबारे जानकारी दिन भक्तपुरको रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कूल २ सय८२ जना साइकलयात्रीको सहभागिता रहेको कार्यक्रम संयोजक सुनिल ख्याजूले बताए ।
साइकल यात्रा भक्तपुरको दरबार क्षेत्रबाट सुरू हुनेछ । यात्रा अन्तरगत दरबार क्षेत्रबाट सिद्धपोखरी९ निकोशेरा, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुफ गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुन स् भक्तपुर दरबार क्षेत्रमा समापन हुनेछ ।
च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहेको आयोजकले जनाएको छ ।
च्यालेन्जलाई भक्तपुरको भिलेज हाईल्यान्ड रिसोर्ट, नेपाल इको प्यानललगायतले आर्थिक सहयोग गरेका छन् ।

142 Views

ताजा

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते, मंगलवार

नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

२०८२ मंसिर १६ गते, मंगलवार

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

२०८२ मंसिर १६ गते, मंगलवार

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

२०८२ मंसिर १५ गते, सोमबार

मेयर बालेनलाई पितृशोक

२०८२ मंसिर १५ गते, सोमबार

रास्वपा र विवेकशील साझा औपचारिक रुपमा एकीकृत

२०८२ मंसिर १४ गते, आईतवार

प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ

२०८२ मंसिर १४ गते, आईतवार

फागुन २१ गते चुनाव हुने वातावारण बन्दै गएको प्रचण्डको दाबी

२०८२ मंसिर १४ गते, आईतवार

संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा

२०८२ मंसिर १४ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal