बेहुली लिन साइकल चढेर गएपछि सबैजना गाउँले हेरेको हेरै भये।
तनहुँको व्यास नगरपालिका वडा नं. १० वैरेनीमा दुलही लिन बेहुलाको साइकलको सवारी गरेको देखेर सबै चकित परेको छ । वैरेनीका २६ वर्षीय विनोद सापकोटा दुलही लिन साइकलमा निस्किदा सबै चकित परेका हुन् । पछिल्लो समय तडकभडक तरिकाले विवाह गर्ने
प्रचलन बढ्दै गरेको छ । विवाहमा बरियाँत जाँदा कसैले बग्गी सजावट सहित मंहगा गाडी लिएर जाने गर्दछन् । वैरेनीबाट ६ कि,मी दुरीमा रहेको दमौलीमा बेहुलीको घर छ ।सिंगार पटार गरेको बेहुलोलाई साइकलमा देखेपछि बाटोमा रमिता हेर्नेहरु पनि टन्नै देखिए केहीले त रोकेर सेल्फी पनि खिचे । बेहुलाको साथमा अरु ६ जना पनि साइकलमै थिए । अरु जन्ती बसमा । बेहुली लिन बेहुलो साइकलमा आएको देखेर माइती पक्ष दुलहीका अभिभावक दंग परे । बेहुलीका बा आमा एकछिन आश्चर्यमा परे पनि आफनो ज्वाइँको मितव्ययिता र सरलता देखेर खुसी भए । दुलहीका बुबा पूर्णबहादुर भुजेलले भने हेर्दा अनौठो मात्र हो, तर यस्तो कुराले धेरै सन्देश दिन्छ ।हामीले त ताली बजाएर स्वागत गर्यौं सबैले केही सिक्न जरुरी छ । सापकोटाले यसअघि ईलामदेखि मुगुको रारासम्म साइकलमै यात्रा गरेका थिए । नेपाल साइकल उत्सवको समयमा त्यो यात्रा गरेका उनी आफूलाई साइकल प्रेमी भन्छन् । म साइकल प्रेमी हुँ स्वास्थ्यलाई पनि राम्रो हुने ईन्धनको खर्च नहुने । सधैं साइकल चढ्ने मलाई बेहुला बन्दा पनि साइकलनै चढ्न मन लाग्यो । जसले अरुलाई केही न केही सन्देश दिन सकियो ।
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





