२०७८ पुष १४ गते, बुधबार

झम्सीखेलमा खुल्यो अत्याधुनिक ‘अपटाउन लाउन्ज एण्ड क्लब’
ललितपुर । ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट लाउन्ज सञ्चालनमा आउने लागेको हो ।
कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतिला युवा व्यवसायीहरुको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेष्टुराँमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक सांगितिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एण्ड क्लब’का अध्यक्ष आदित्य मिश्रले जानकारी दिए ।


फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुराँ सञ्चालनमा ल्याउन लागेको मिश्रको भनाइ छ । रेष्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । जसका लागि टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था रहेको मिश्रले बताए ।
संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्ट विहान एघार बजेदेखि राति २ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन गरिने छ ।
‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले जानकारी दिए ।
अपटाउन रेष्टुरेन्टमा पाँच दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । झम्सीखेल चोकमै रहेको रेष्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर झम्सीखेलको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिन्छ । रेष्टुरेन्टमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् खरिद गर्ने योजना रहेको छ ।
पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एण्ड क्लब’को आइडिया फुरेको अर्का संञ्चालक गौरव जैनले बताए । नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एण्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
ललितपुरको मुख्य केन्द्र मानिने झम्सीखेलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेष्टुरेन्ट संचालनमा ल्याइएको अध्यक्ष मिश्रले बताए । नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्जमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक, आरजिवी स्टीप सहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । खेलप्रेमीहरुलाई समेत मध्यनजर गर्दै ३ वटा उच्च स्तरीय ठुलो पर्दाको एलईडि स्क्रीनको समेत व्यवस्था गरिएको छ । रेष्टुराँ सञ्चालनमा आइसके पनि औपचारिक उदघाटन भने केही दिनपछि गरिने मिश्रको भनाइ छ ।

153 Views

ताजा

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal