प्रधानमन्त्री देउवालाई नै राष्ट्रघातीः ज्ञानेन्द्र शाही
काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र बहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभएको भनेर दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री देउवालाई नै राष्ट्रघातीको संज्ञा दिए ।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा एमसीसी राष्ट्रघाती नरहेको र यसलाई पास गर्नुपर्ने धारणा राखेका थिए । त्यसको भोेलिपल्ट शाहीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री देउवाको अभिव्यक्तिको विरोध गरेका हुन् ।
शाहीले प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता पढ्दै नपढी विरोध गरिएको भनेर दिएको अभिव्यक्तिमा पनि आपत्ति जनाए । उनले बरु प्रधानमन्त्री देउवाले चाहीँ सम्झौता नपढेको जिकिर गरे । उनले भने,‘हाम्रो बाजे प्रधानमन्त्री देउवाले यो एमसीसी सम्झौता पढेको छैन भन्नुभयो, यो सम्झौता ७७ पृष्ठ लामो छ । ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ । नेपालका धेरै नागरिकले पढ्नुभएको छ । बरु, उहाँले पढ्नुभएको छैन ।’
प्रधानमन्त्री देउवाले सम्झौतामा राष्ट्रघाती कहाँ छ ? भनेको उल्लेख गर्दै शाहीले सम्झौताका दफाहरुसमेत सार्वजनिक गरेका छन् । र, ती दफा नेपालको हितमा नरहेको उनको जिकिर छ । उनले सम्झौताको दफा ६.८ नेपालको हितमा नभएको सुनाए । उक्त दफामा नेपालको कानून लाग्दैन भनिएको शाहीले सुनाए ।
त्यस्तै, धारा ३ को दफा ३–२ को च पनि नेपालको हितमा नरहेको सुनाए । उनले उक्त धारामा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार हुने कुरा उल्लेख गरिएको जनाए । त्यस्तै, धारा ३ को ८ (क) मा परियोजनाको लेखापरीक्षण अमेरिकाले मात्रै गर्नसक्ने कुरा लेखिएको पनि उनले उल्लेख गरे । धारा ५ को ‘क’ र ‘ख’ अमेरिकाले चाहेको बेला यो सम्झौता जुनसुकै बेला खारेज गर्नसकिने कुरा राखेको र यो पनि नेपालको हितमा नरहेको शाहीले दाबी गरे ।
प्रधानमन्त्री देउवाले आफूले हेर्दा सम्झौतामा राष्ट्रघात कहीँ पनि नदेखेको कुरा उल्लेख गर्दै शाहीले प्रधानमन्त्री देउवा नै राष्ट्रघाती नेता भएको गम्भीर आरोप लगाए ।
कोशी सम्झौता, गण्डक सम्झौता र महाकाली सन्धि गर्दा देउवाको महत्वपूर्ण भूमिका रहेको पनि उनले सुनाए । त्यस्तै, उनले ६० लाख भारतीयहरुलाई नेपाली नागरिकता वितरण गर्ने काममा पनि देउवा मुछिएको बताए । उनले भने,‘महाकाली सन्धी त तपाईले नै गरेको हो । प्रधानमन्त्री देउवाज्यू, तपाईं राष्ट्रघाती हो । तपाईँको भरोसा छैन् । हिजोपनि राष्ट्रघाती काम गर्नुभयो, आजपनि गर्न खोज्दैहुनुहुन्छ, तर हामी गर्न दिँदैनौं ।’
उनले वल्र्ड बैंक र एडिबीमा अन्तर्राष्ट्रिय कानून लाग्ने तर, एमसीसीमा अन्तर्राष्ट्रिय कानुन नलाग्ने स्मरण गराए । उनले भने,‘प्रधानमन्त्रीज्यूले एडिबी र वल्र्ड बैंकबाट ऋ०ा लिएको कुरा गर्नुभयो, अनि यो अुनदान किन नलिने ? भन्नुभयो । तर, म भन्छु एडिबी र वल्र्ड बैंकमा अन्तर्राष्ट्रिय कानून लाग्छ । एमसीसीमा लाग्दैन नि, देश बेच्ने अधिकार तपाईँलाई छैन् । एमसीसी, वल्र्ड बैंक र एडिबी फरक कुरा हो । एमसीसीले नेपालको कानून मान्छु भनेर कहाँ भनिएको छ ?’
उनले नेपालीहरु वीर गोरखालीको सन्तान भएको उल्लेख गर्दै आफूहरु भिखारीको सन्तान नभएको पनि स्पष्ट पारे । उनले भने–‘हामी भिखारीको सन्तान होईनौं । कसैले दिएको भीख लिँदैनौं । परिश्रम गरेर आफ्नो गुजारा चलाउँछौं ।’ उनले देश बनाउनको लागि नेपालभित्रै भएका ठूला ठूला घोटाला र कर छलीको घट्ना उल्लेख गर्दै त्यसबाट पैसा उठाउन पनि आग्रह गरेका छन् ।
उनले भने,‘६२ अर्ब एनसेलबाट उठाउनुहोस । फारेजी घोटालाबाट १२ अर्ब उठाउनुहोस । ठूलो व्यवसायीहरुबाट ३२ अर्ब विद्युत महशुल उठाउनुहोस । ठूला करदाताबाट ३५ अर्ब बाँकी छ, त्यो पनि उठाउनुहोस । वाईडबडीबाट ४ अर्ब प्लस छ, त्यो पनि उठाउनुहोस । महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन हेर्नुहोस, कति बेरुजी छ ? त्यो बेरुजुबाट उठाउनुहोस । मेलम्चीमा २ अर्ब भ्रष्टाचार भएको छ, त्यो पनि उठाउनुहोस । भिआईपीको खर्च १० अर्ब रकम खर्च भएको छ, त्यो हेर्नुहोस । लाउडा काण्डमा २ अर्ब, धमिजा काण्ड छ, सांसद किनबेच, सांसदलई प्राडो दिनुभयो, त्यो पैसा उठाउनुहोस ।’
ताजा
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबार
जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ
२०८२ आश्विन २७ गते, सोमबार
विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





