आजबाट बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना

२०७८ मंसिर २९ गते, बुधबार

काठमाडौं । बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए । बाघ गणना फागुन मसान्तमा सकिनेछ ।
बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने खटिने श्रेष्ठले जानकारी दिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।
हरेक चार वर्षमा बाघ गणना गरिन्छ । सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पर्याउने सरकारको लक्ष्य छ ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal