उज्यालोका नायक कुलमान घिसिङ पुनः विद्युत प्राधिकरणमा नियुक्त
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई पुन प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
लोडसेडिङको अन्त्य लगायत विद्युत प्राधिकरणमा विभिन्न सुधारका जनप्रिय कार्यक्रमहरु गर्दै ४ वर्ष कार्यकाल पूरा गरी २९ भदौ २०७७ मा उज्यालोको नायक कुलमान घिसिङको विदाई भएको थियो ।
व्यक्तिगत हठ, पार्टी नीति, विधि र थिति विपरित सीमित व्यक्तिहरुको पर्खाल बनाएर चौघेरामा रमाएर विधि विधानलाई तिलाञ्जली दिने ओली सरकारकै पालामा आम जनताको जनचाहना विपरित हजारौं जनता कुलमानको कार्यकाल थपको लागि सडकमा ओर्लेर आवाज उठाउँदा पनि बेवास्ता गर्दै कुलमान घिसिङलाई विदाई गरेका थिए ।
झण्डै एक वर्ष अघि घिसिङको कार्यकाल पूरा भएपछि तत्कालीन केपी ओली सरकारले प्राधिकरणको कार्यकारी निर्देशक बनाएका हितेन्द्रदेव शाक्यको काम सन्तोषजनक नभएको ठहर सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा देउवा सरकारले शाक्यलाई हटाउने तयारीका साथ सिंचाइ, जलस्रोत तथा ऊर्जा मन्त्री पम्फा भुषाललाई ठाडो निर्देशन दिएको छ । शाक्यले भने घरि आफू ४ वर्षे कार्यकालको लागि नियुक्ति भएकोले राजीनामा नदिने बताउने गरेका छन् भने घरि सरकारले तोकेको उपयुक्त ठाउँमा जान तयार रहेको बताउने गरेका छन् । आम जनता भने पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्रागमनको चर्चाले धेरै खुशी देखिएका छन् । घिसिङले आफ्नो विगतको कार्यकालमा देशलाई लोडसेडिङ मुक्त मात्र पारेनन् । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको आगमन हुँदा आर्थिक वर्ष २०७२÷०७३ मा प्राधिकरणको संचित घाटा ३४ अर्ब ६१ करोड रूपैयाँ थियो । कुलमानले जिम्मेवारी सम्हालेकै वर्ष विद्युत चुहावट नियन्त्रण गर्दै २०७३÷०७४ मा १ अर्ब ४५ करोड नाफामा गयो । दोस्रो वर्ष त्यसैगरी २०७४÷०७५ मा २ अर्ब ८५ करोड, तेस्रो वर्ष २०७५÷०७६ मा नौ अर्ब ९१ करोड र तेस्रो वर्ष २०७६÷०७७ मा ११ अर्ब खुदनाफा कमाउन प्राधिकरण सफल भई निरन्तर नाफामा प्राधिकरण गएपछि सञ्चित घाटाको ब्याजसहित ३५ अर्ब भुक्तानी दिन प्राधिकरण सफल भयो । घिसिङले विद्युत प्राधिकरण सम्हाले पश्चात घाटामा गईरहेको प्राधिकरणलाई ऋणमुक्त गराउनुको साथै लोडसेडिङको अन्त्य, प्राधिकरणलाई नाफामा पु¥याएको, विद्युत चुहावटमा नियन्त्रण ल्याएको, रूग्ण योजनाहरू सम्पन्न गरेको, प्रशारण लाइन विस्तार ग्रामीण विद्युतीकरण, अन्तरदेशीय विद्युत व्यापार विस्तार लगायतका लोकप्रिय कामहरू कुलमान घिसिङले गरेका थिए ।
ताजा
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





