एमाले टकरावले संकट
काठमाडौं । नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ। यो समाचार नागरिक दैनिकमा छ ।
एमालेमा विवाद समाधानका लागि कार्यदल गठन भए पनि त्यसले राम्रोसँग काम सुरु नगर्दै थप विवाद खडा हुन थाल्यो। कार्यदलको शुक्रबारको बैठकमा समेत सरकार गठनलाई लिएर सबालजबाफ भएको एक सदस्यले बताए। बैठकमा पार्टीका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको विषयमा छलफल भएको थियो। दुवै पक्षबीच हस्ताक्षर ‘दुरुपयोग’ का विषयमा सवाल जवाफ बैठकमा सहभागी सदस्यले भने।
वरिष्ठ नेता नेपाल निकट सांसदले देउवाका पक्षमा हस्ताक्षर गरेपछि पार्टी फुटको तहमा पुगेको तर्क प्रधानमन्त्री ओली निकट नेताले सुनाएपछि त्यही विषयमा बैठक केन्द्रित हुन पुग्यो। बैठकमा पार्टी एकता जोगाउने विषयमा छलफल भएको सदस्यहरूले बताए पनि कार्यदलको औचित्य नै सकिएजसरी कुराकानी भएको स्रोतको दाबी छ।
‘राष्ट्रिय परिस्थितिबारे सौहाद्र्रपूर्ण छलफल भयो, सबैले आआफ्ना दृष्टिकोण राख्नुभयो। छलफलमा पार्टी एकता जोगाउनुपर्छ भन्नेमा सबैबीच सहमति भएको छ। अर्को बैठक दुवै पक्षको सहमतिमा एकदुई दिनमा राख्नेगरी उठेका छौं,’ कार्यदलका सदस्य रघु पन्तले भने।
बैठकमा भीम रावलले संसद् विघटन रोक्न देउवाका पक्षमा हस्ताक्षर गरेको जवाफ दिएका थिए। ओली समूहका नेताहरूले भने देउवाको पक्षका गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले देउवाको पक्षमा हस्ताक्षर गर्नु गम्भीर भएको बताएका थिए।
कार्यदलको बैठक सकिएपछि नेपालनिकटका सांसदमध्ये जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्राचार गरेका थिए। त्यस्तै योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर नगरेको बताएका छन्। अहिले पनि आफ्नो ध्यान पार्टी एकतामै रहेकाले देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर नगरेको उनले बताएका छन्।
ताजा
बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु
२०८२ कार्तिक १६ गते, आईतवार
बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु
२०८२ कार्तिक १६ गते, आईतवार
लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण
२०८२ कार्तिक १६ गते, आईतवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





