मध्यावधि निर्वाचनमा जाला मुलुक ?

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाडौं । अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष काँग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन वा निर्वाचनमध्ये कुन बाटो लिन्छन्, त्यसैबाट भावी राजनीतिको दिशा तय हुने देखिन्छ ।
काँग्रेस नेताहरुले अदालतको पछिल्लो निर्णयपछि संसद् सहजरुपमा अघि बढ्ने देखेका छैनन् । आइतबारबाटै संसद् त्रिशंकुमा परिणत भएको छ । प्रधानमन्त्री केपी ओली संविधानको धारा ७६(१) अनुसार बहुमतको प्रधानमन्त्रीबाट धारण ७६९२० अन्तरगत गठबन्धन सरकारमा रुपान्तरण भएका छन् ।
अब संसद्मा राष्ट्रिय हैसियत प्राप्त चार दल छन्, एमाले, काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले सत्तारुढ दलप्रति आक्रमक नीति लिन सक्ने देखिन्छ । यस्तो बेला तत्काललाई प्रधानमन्त्री ओलीलाई संसद्को सामना गर्न अप्ठ्यारो देखिन्छ ।
संविधानमा अर्ली निर्वाचनको व्यवस्था छैन । कार्यकाल अगावै निर्वाचनमा जान प्रतिनिधिसभा विघटनकै बाटो रोज्नुपर्छ । यसअघि प्रधानमन्त्री ओलीले गरेको विघटनलाई अदालतले असंवैधानिक भनिसकेकाले त्यही बाटो समात्न संविधानका प्रावधान पछ्याउनुपर्ने हुन्छ । संविधानअनुसार मध्यावधि निर्वाचनमा जानका लागि काँग्रेस र जसपाको भूमिका मुख्य देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

251 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal