एसिड छ्यापेर किशोरीको जीवन बर्बाद पार्ने अपराधीलाई कारबाही गर्न सरकारले कानुन ल्यायोः मन्त्री अर्याल

२०७७ फाल्गुन २४ गते, सोमबार

काठमाडौं । कृृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुन निर्माण गरेको बताउनुभएको छ ।
१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । विश्वका महिलाहरु धेरै अगाडी बढिरहँदा अहिलेपनि नेपालका महिलाहरु विशेषगरी किशोरीहरु असुरक्षित रहेको भन्दै उहाँले विभिन्न निहुँमा किशोरीमाथी एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरुप बनाइदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुनको व्यवस्था गरेको बताउनुभयो । ‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाहरुको जीवन बर्बाद पार्ने । जीवनभर कुरुप बनाइदिने घटनाहरु बढ्दै गए । हामीसँग एसीडसम्बन्धी कानुन रहेनछ, मन्त्री अर्यालले भन्नुभयो, ‘त्यसकारण सरकारले क्षतीअनुसारको कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ।’
३ वर्षको बालिका देखी ७० वर्षका बृद्धसम्म बलात्कारको सिकार हुनेगरेको भन्दै उहाँले त्यस्ता बलात्कारीलाई कारबाही गर्नका निम्ती सरकारले कानुन निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बालिकाहरु देखी ७० वर्षसम्मका हाम्रा आमाहरु असुरक्षित छन् । यस्ता कुराहरु सुन्न सकिने कुरा हो । त्यसैले सरकारले ती पिपाशुहरुलाई कारबाही गर्न जन्मकैदको व्यवस्थासहितको कानुन निर्माण गरेका छौ ।’
समान कामको समान ज्याला पाउनुपर्छ, महिलाले मताधिकार पाउनुपर्छ भन्ने अभियानबाट शुरु भएको महिला आन्दोलन आज नेपालमा महिला राष्ट्रपति बनाउन सक्ने अवस्थासम्म आएको भन्दै मन्त्री अर्यालले अझै थुर्पै उपलब्धीहरु हासिल गर्न बाँकी रहेको बतानुभयो । प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी हासिल गर्नका निम्ती अगाडी बढ्नुपर्ने उहाँको भनाई थियाृे । ‘यत्तिले हामीलाई पुग्दैन । प्राप्त उपलब्धीमा गर्व गर्दै थप उपलब्धी हासिल गर्न अगाडी बढौ’, उहाँले भन्नुभयो, ‘अग्रजहरुको योगदानले तपाईहामी यो स्थानमा पुग्न सफल भएका छौ । सहभागीताबाट शुरु भएको अभियान हो यो, तर गन्तव्य समानता हो ।’ सहभागिताबाट शुरु भएको अभियान सबै क्षेत्रमा महिलाको पूर्ण समानता नभएसम्म निरन्तर अगाडी बढ्ने उहाँको भनाई थियो ।
राजनीति सँगै सबै निकायमा महिला सहभागिता बढाउने कुरामा केन्द्रित हुन आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सांसद्, राष्ट्रपति हुँदै अब प्रधानमन्त्री महिला बनाउने खोजीमा रहेको बताउनुभयो । ‘महिला आन्दोलन सहभागीताबाट शुरु भएको हो, तर हाम्रो गन्तव्य समानता नै हो । राष्ट्रपति बनायौं, अब पहिलो महिला प्रधानमन्त्री बनाउने खोजीमा हो हाम्रो आन्दोलन’, उहाँले भन्नुभयो, ‘सांसदहरु समानुपातिकमा मात्र होइन प्रत्यक्ष निर्वाचित महिला÷पुरुष बराबरी संख्यामा पु¥याउने हाम्रो अभियान हो ।’ अब सबै क्षेत्रमा समानतामा जानका निम्ती अबको महिला आन्दो्लन केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।
महिलाहरु हरेक क्षेत्रमा उत्कृष्ट बन्ने अभियान निरन्तर रुपमा चलेको बताउँदै मन्त्री अर्यालले राज्यका तर्फबाट महिलालाई अगाडी बढाउन तथा हिंसापीडित महिलालाई न्याय दिलाउनका निम्ती थुर्पै कामहरु भएको बताउनुभयो । अब महिलाहरुलाई आत्मनिर्भरताका निम्ती गरेर खान सिकाउने अभियान चलाउनुपर्ने भन्दै उहाँले गरेर खानका निम्ती न्यूनतम ब्याजमा ऋणको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो । ‘जबसम्म महिलाहरु आफ्नो खल्ती बलियो पार्नसक्ने हुँदैन तबसम्म बलियो हुदैन । त्यसैले महिलाहरुलाई बलियो बनाउनका निम्ती उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो ।
महिला जागरणमा सामुदायिक वन महासंघको ठूलो भूमिका रहेको भन्दै उहाँले आफ्नो संगठन संरचनाभित्र ५० प्रतिशत महिला सहभागीता पु¥याएर अरुलाई पनि ठूलो पाठ सिकाउन सफल भएको बताउनुभयो । त्यस अवसरमा सामुदायिक वन संरक्षण तथा प्रकृति संरक्षण अभियानमा योगदान गर्ने महिलाहरुलाई सम्मानित गरिएको थियो ।

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal