२०७७ फाल्गुन २० गते, बिहीबार

कावासोती(विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्। वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
पछिल्लो पटक मङ्सिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुँदा स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयबाट जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक विकास बमको नेतृत्वमा घटनास्थल पुगेको टोलीले आरोपित बुबालाई आज गिरफ्तार गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा बुबाले पीडित बालिकामाथि पटकपटक बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। पछिल्लो पटक मङ्सिर ८ गते बालिकामाथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरीपछि खुल्ने उनले जानकारी दिए। (रासस)

276 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal