यस्तो पनि आमा ! जसले आफ्नो सन्तानलाई जिउँदै खेतमा पुरिन् (पूरा विवरण)

२०७६ असार १२ गते, बिहीबार

एजेन्सी  : थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ ।

 

डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए ।

सबैको हिरो बन्यो पिंगपंगः

उस्सालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए । आफ्नो आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए । उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो । यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ ।  ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु । अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन् । ऊ अब सबैको हिरो बनेको छ ।’

डरका कारण बच्चालाई गाडेकोः

उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन् । त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए । उक्त जानकारीपश्चात् बिहिबार किशोरीलाई पक्राउ गरियो । किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन् । किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन् ।

आरोपी किशोरीमाथि चल्न सक्छ मुद्दाः

किशोरीका आमा–बुवालाई बच्चाको हेरविचारका लागि प्रस्ताव गरियो । यद्यपी, पुलिस अधिकारी र बच्चाको परिवारबीच सहमती बन्न सकेन । अधिकारीले पुलिस र सरकारी कल्याण विभागका कर्मचारीलाई सुरक्षाको जिम्मेवारी दिएका छन् । गभर्नरका अनुसार पुलिस किशोरीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ तर बच्चाको हेरविचार बारे पनि सोच्नुपर्छ ।

488 Views

ताजा

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

२०८२ कार्तिक १६ गते, आईतवार

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

२०८२ कार्तिक १६ गते, आईतवार

लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण

२०८२ कार्तिक १६ गते, आईतवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal