मधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोध

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौं । प्रदेश नम्बर २ ले प्रदेशको नाम मधेश राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
प्रदेश नम्बर २ ले सोमबार प्रदेशको नाम मधेश राखेपछि त्यो प्रदेशमा आन्दोलन भएको छ । पार्टी अध्यक्ष भूमिराज निरौलाद्धारा हिजो प्रकाशित विज्ञप्तीमा प्रदेशको नाम नसच्याई कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । २०६२÷०६३ सालमा चुरेभावर पार्टीले आन्दोलन गर्दा तत्कालीन सरकारले मुलुक संघीयतामा गएपछि यो प्रदेशको नाम चुरेभावर राख्ने सहमति जनाए पनि अहिले आएर कार्यान्वयन नगरेकोमा पार्टीले आपत्ति जनाएको हो । पार्टीले नाम नसच्याउँदा चुरेभावरमा बसोबास गर्ने र चुरेभावरको आन्दोलनमा लागेकाहरुको भावनामाथि प्रहार भएको पनि जनाएको छ । पार्टीले केही दिनमै पहिचानको लागि आन्दोलन गर्ने र त्यसबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवार सरोकारवाला निकाय नै हुनुपर्ने पनि स्पष्ट पारेको छ । पार्टीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र पहाडबीचको मेरुदण्डको रुपमा रहेको भावर प्रदेशको नाम निशाना समाप्त गर्न खोजिएकोमा समेत आपत्ति जनाएको छ ।
२०६२÷०६३ सालमा ४० लाख गैर नागरिकलाई नागरिकता दिनुको परिणाम नै यो भएको पनि पार्टीको ठहर छ । पार्टीले गैर कानुनी ढंगले वितरण गरिएका नागरिकता खारेज गर्न पनि माग गरेको छ । पार्टीले केही समयदेखि तराइमा जनमत पार्टीको हवाला दिँदै आन्दोलनको नाममा पहाडी समुदायको पहिचान गरी मानसिक र शारीरिक यातना दिनुका साथै सवारी साधन तोडफोड गरेको घटनामा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राज्यले त्यस्ता समूहलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले आफूहरु सधैं राष्ट्रिउ एकता र अक्षुणताको पक्षमा सक्रिय रहेको पनि स्पष्ट पारेको छ ।

237 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal