ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० उत्कृष्ट प्रतिस्पर्धी (नामावलीसहित)
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना छानिएका छन् ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ुग्लोबल एनआरएन सिंगिङ आइडलु मा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् ।
२० जना उत्कृष्ट प्रतिस्पर्धीहरूमा युवराज गुरुङ (क्यानडा), बीबी मल्ल ठकुरी (कुवेत), नरेन्द्र मल्ल (कतार), सन्देश गुरुङ (अमेरिका), गोविन्द गुरुङ (कतार), आकाश न्यौपाने (जापान), कविता आरबिएम (युएई), वामदेव भाट (बहराइन(, सुरेन घताङ ‘शिव’ (कोरिया), किशोर लम्साल (कतार) रहेका छन् ।
त्यसैगरी, कपिल पाइजा पुन मगर (आयरल्याण्ड), सागर विश्व सेञ्चुरी (कुबेत), दीपेश सिग्देल (नर्वे), राधिकाकुमारी गोले (कोरिया), रामचन्द्र राई (कतार), अमित बिष्ट (युएई), कृष्ण खबास (युएई), प्रतिक सिडब्ल्यूए परियार (बहराइन), सतिश थापा (कतार) र रेशु स्याङ्दान (बहराइन) उत्कृष्ट २० मा परेका छन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धीहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए ।
एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए ।
गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए ।
रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै हामीले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेका हौं,’ रेग्मीले भने ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।
‘गैरआवासीय नेपालीहरू कला र संगीतप्रति प्रतिबद्ध’
गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तले नेपाली भाषा, कला र संस्कृति असाध्यै धनी रहेको बताउँदै यसलाई विश्वभरि फैलाउनका लागि दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
ग्लोबल एनआरएन सिंगिङको विजेता जो भए पनि कार्यक्रम सफल हुँदा सबै गैरआवासीय नेपालीहरूले जित्ने धारणा राख्दै अध्यक्ष पन्तले नेपाली संगीतको विश्वव्यापीकरणका लागि दोस्रो पुस्ताले अझै रचनात्मक कार्यहरू गर्न सक्ने धारणा व्यक्त गरे ।
त्यसैगरी गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले कला र संस्कृति देशको पहिचानसँग जोडिने भएकाले जो–जहाँ पुगे पनि यसको श्रीवृद्धिमा लाग्नु पर्ने सुझाव दिए ।
उपाध्यक्ष लामाले देशभन्दा बाहिर रहे पनि नेपालीहरू आफ्नो देशको कला र संगीतलाई अघि बढाउन प्रतिबद्ध छन् भन्ने पुष्टि ग्लोबल एनआरएन सिंगिङ आइडलको उपस्थितिले पुष्टि गरेको बताए ।
गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक प्रवीण गुरुङले आफु संगीतकर्मी नभए पनि संगीत क्षेत्रमा लागेका युवाहरूलाई प्रोत्साहन गर्न सधैं लागिरहने उद्घोष गरे ।
कार्यक्रममा एनआरएनए मध्यपूर्व उपसंयोजक मनोजकुमार श्रेष्ठ, कार्यक्रमका सल्लाहकार मिलन लामा तथा एनआरएनए अभियन्ताहरू रोशन थापा, राजन त्रिपाठी, रोविन्द प्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, होमनाथ पाण्डे, मोहम्मद मोक्तादा मुसलमान, राजेश राणा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
ताजा
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित
२०८३ भाद्र १६ गते, मंगलवार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)
२०८३ भाद्र १६ गते, मंगलवार
बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी
२०८३ भाद्र १६ गते, मंगलवार
एक बर्षमा एक चोटी गाउदै अञ्जु !
२०८३ भाद्र १६ गते, मंगलवार
१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो
२०८३ भाद्र १६ गते, मंगलवार
अनिश्चितकालका लागि तातोपानी नाका बन्द
२०८३ भाद्र १६ गते, मंगलवार
सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर
२०८३ भाद्र १६ गते, मंगलवार
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
२०८३ भाद्र १४ गते, आईतवार
विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई
२०८३ भाद्र १४ गते, आईतवार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





