मेलम्ची खानेपानीको पानी आज बागमतीमा बगाइने
काठमाडौँ । संघीय राजधानी काठमाडौँ उपत्यकालाई लक्षित गरी वर्षौँदेखि निर्माणधिन मेलम्ची खानेपानी परियोजनाको पानी आज शनिबार बागमतीमा बगाइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्ने छन् । उनले सुन्दरीजल पुगेर मेलम्चीबाट फागुन १० मा सुरुङमार्फत पठाइएको पानी बागमतीमा खसाल्ने स्वीच थिचेर स्वागत गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार प्रधानमन्त्री ओलीले शिवरात्रीसम्म मेलम्चीबाट ल्याइएको पानी बागमतीमा बगाउन निर्देशन दिइसकेका छन् । शिवरात्रीमा पशुपति आउने हिन्दु धर्मावलम्बीहरुलाई मध्यनजर गर्दै पानी बगाउन निर्देशन दिएका हुन् । सोही अबसरमा प्रधानमन्त्रीले विकास निर्माण सम्बन्धी केही महत्वपूर्ण घोषणा गर्ने पनि थापाले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएका पानीलाई वागमतीमा शनिबार बिहान बागमतीमा छोडिनेछ । खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए । त्यसयता सुरुङमा जम्मा भएको पानी वागमतीमा छोड्न लागिएको हो ।
साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परिक्षणपछि उक्त पानी वागमतीमा छोड्न लागिएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाई काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । सुरुङमा पानी पठाउने काम सफल भएकाले त्यहाँ आएका फोहोरसहितको पानी वागमतीमा छोड्न लागिएको हो ।
वागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र उक्त पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमता भन्दा कम पानी छाडिएको छ । सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटरसम्म पानी पठाउने काम भएको थियो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि दुई सातासम्म परीक्षणका लागि राखिएको हो । अब सबै पानी बागमतीमा छोडेपछि एक पटक पुन परीक्षण गरेर पानी छोड्दै प्रशोधन केन्द्रमा पठाइने जानकारी खानेपानी मन्त्रालयले दिएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





