पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
शत्रु गुञ्जा
कत्ति आनन्दित महसुस हुन्छ कत्ति सपना हुन्छ केही त हुन्छ, केही न केहि त पक्केै गर्न सकिन्छ जीवन एकदिन त सरल बन्नेछ । सपनाको पहाड बनाएर घर परिवार बाट छुट्टिदा अनि नेपालको माटोबाट आकाशमा उड्ने क्रममा उफ्रिरहेका मनहरु फुर्किरहेका भावनाहरु अनि पुगेको एक दुई महिना मै ऋण त तिरिहाल्छु भनेर गरिएका बाचाहरु अनि धेरै कमाएर छिट्टै फर्किन्छु भने मनभरिका आसाहरु ।
आकशको बादलसङ्गेै उनेका सपनाहरुसङ्गै उडिरहेको चाहना जब मरभुमिको तातो हावासङ्ग ज्यानहरु ठोक्किन पुग्छ कतै धक्का लागेको आभाष हुन्छ सरर आएका तातो हावाले एकछिन सोच्न बाध्य बनाउछ, सुरुवाति दिनहरु अह मन मान्दैन कताकता एक्लिएको महसुस हुन थाल्छ, रहर भित्रको लहरहरुले मनभित्र सजाएको आकक्षाहरु समेटिएको इच्छाहरु फेरिदै जान्छ ।
सपना कतै आफ्नै भुमिमा छोडेर आएको महसुस हुन्छ तातो रापहरुले सपना जलाउदै जान थाल्छ अनि दिएर आएको बाँचाहरु ले निन्द्रा लाग्दैन सिरानि पनि उकुसमुकुस हुँदै जान्छ । कथा झनै लामो हुन्छ महिनाभरि काम गरेर आएको पैसा आफैलाई कत्ता कत्ता अपुग भए झै लाग्छ कसरी र कहिले तिर्ने होला यो रिण अनि कत्ति घरमा पठाउने यो कुरा ले त झनै आपत बनाउछ ।
यसरी नै केही महिना बित्छ चल्दै जान्छ दुखहरु भोग्दै जादा उराठिएका मनहरु अलि अलि हल्का हुन्छ, कहिले एकछाकले एकदिन बिताउदा घरमा आमाले या श्रीमतीले बोलाउदा खान्न भनेको याद ओहो त्यो पल यत्ति गहिरो हुन्छ आत्माभित्रबाट नै अमिलिएर आउछ अनि साहुको गालि भन्दा आमा र बाको गालि प्यारो लाग्न थाल्छ एउटा छुट्टै झनझन्ले मनभित्र ठुलो ढ्याङ्ग्रो बजाउँछ ।
अनि आफ्नै देशले बोलाएकोजस्तो लाग्छ आत्माग्लानि हुन्छ तर देशमा न रोजगार न कुनै ठुलो हैसियत कसरी गर्ने के गर्ने न धेरै पढाइ न त कुनै हातमा सिप यिनै कुराहरुले मनलाई दुखि बनाउँछ यहीँ सोच्दा सोच्दै बर्ष नाघेको पत्तै लाग्दैन । समुन्द्र टठको आगँनमा खिचिएका केही तस्बिर हरु देख्दा सबै जना आहा सोच्छन् अलिकति त रमाउनै पर्यो । तर साच्चै यो नुनिलो पानी र गहिराई भन्दा कत्ता कत्ता त्यो बगिरहने सानो गाउँको खोला नै राम्रो चिसो पनि आनन्दित पनि यहाँ बनाईएका रुख भन्दा आफ्नो देशमा झागिएको जङ्गल नै प्यारो, कलकलाउदो उमेरमा प्रदेश छिरेर अनि देखेको सपना मारेर उमेर र जवानी सकेर रमाउनु र कमाउनु मात्र जिन्दगी बन्दैछ आजको भबिष्य यहीँ छ हाम्रो देशको । कि त पुख्र्यौली सम्पति लटरम्म हुनु पर्छ कि ता बा–आमा ठुलै व्यपारि अथावा कुनै नेता कि पहिलै बाट धनाढ्य व्यक्ति । सुरुवात नै गरिब भए पछि निकै दुख भोग्नु पर्ने रहेछ सुरु नै अन्त्य हुने रहेछ अनि दिन प्रतिदिन सपना देख्देै पुर्दै गर्नुपर्ने रहेछ हैन भने करोडौं को चिठ्ठा पर्नु पर्यो नत्र त जिन्दगि बनाउछु भन्दा भन्दै भत्किरहेको पत्तो नहुने ।
दशै तिहार सम्झनामै बित्छ घरभरि रङ्गिएका निधार अनि आशिर्वादले भरिएको भाग्य हेर्यो टोलायो अनि काममा थकान महसुस गर्योै त्यो क्षण धेरै नरमाइलो लाग्छ साच्चै यस्तै रहेछ प्रदेश पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेरा जाने ठाउँलाई नै सायद प्रदेश भनिएको हो । कमाएको केही पैसा त घर फर्किन्छु भन्दा देखिदैन, प्रदेश साच्चै निष्ठुरी छ बिरामि हुदा न कोहि हुन्छ साथमा न तातो पानी तताएर दिनेहरु कोहि भेटिन्छ आफन्त अनि आफ्नो हरुका आखाले सुख देख्छन् सबैले तर बाध्यतामा रुमाल्लिएका कसैले देख्दैनन्, आत्माहरु सधैभर दुखको चपेटामा अल्झिरहेको हुन्छ ।
अग्लो घरमुनिको होचो यथार्थ भोगिरहेको हातले पसिना पुछ्दै त्यो घाँम सङ्ग झगडा गरिरहेको हुन्छ, एक दिन एक महिना एक साल यसरी नै परिवारदेखि टाढा त्यहीँ परिवारको खुसिको निम्ति सङ्घर्ष गरिरहेका आजका युवा अनि युवती र उमेर सकाएर अझै पनि परिवार कै निमित्त पसिना बगाईरहेका ति काका । आज यो अवस्था देख्दा मन अतालिन्छ कठै मेरो देशको परिस्थिति कठै मेरो राज्यको न्याय अझै पनि उसैको भरमा आफ्नो पेट पालिरहेको छ देश चलाउन सक्ने भएको छ फेरि प्रदेशि माथि नै अनैकोै नियम र कानुन न कुनै इज्जत न कुनै व्यवस्थापन न कुनै भबिष्य देश कहाँ गरिब छ र देशलाई त गरिब बनाईएको हो नत्र सगरमाथा भएको देश नाम कै मात्र हुदैन थियो होला सायद, लुटतन्त्र र झुटतन्त्र ले आज खोक्रो बनेको देशभित्र आशाको बीउ लगाउछु भन्नु गरिब परिवारको लागि श्राव नै हो ।
ताजा
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





