डा. अमरेश कुमार सिंहले गौरका मेयर साहलाई नामुद तस्करको संज्ञा दिए

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताएका हुन् ।

राइस मिलको छ विघा जग्गामा मेयर साहले आँखा लगाइरहेको र भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नक्कली मोही खडा गरी त्यसमा चलखेल भइरहेको उनले बताए ।

‘अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ । आगो बल्नुको कारण त्यहाँको मेयर जो पहिला नामुद तस्कर थिए । हाम्रो राजनीतिले तस्कर, विचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेशा कहिले पनि छोड्न चाहँदैन । २०१० सालमा आजभन्दा ७१ वर्ष पहिला भारतीय नागरिकले गौरमा राइस मिल खोले । गौरमा ६ विघा जग्गा पनि छ । त्यो भारतीय नागरिक निसन्तान थियो । पछि यही मेयरले २०५७ सालमा मिलको पार्ट पुर्जा बेच्न लाग्दा प्रहरीले समात्यो । अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर पर्साबाट नागरिकता दिलाएर मोहियानी हक कायम गराएर जग्गामा चलखेल गर्न खोजिरहेको छ,’– उनले भने ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal